१५ असार २०८१, शनिबार

उज्यालो प्रदेश सरकारको प्राथमिकता : मन्त्री गुरुङ


gandaki

७ कात्तिक, दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।”

मन्त्री गुरुङले दुई वर्षभित्र सबै गाउँमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउँदै जनतालाई सुखी र समृद्धि बनाउने सरकारको कार्ययोजना रहेको धारणा व्यक्त गर्नुभयो ।

आगामी पाँच वर्षभित्र गण्डकी प्रदेश अब्बल र समृद्ध बन्ने बताउँदै विकास निर्माण तथा आर्थिक गतिविधिमा अन्य प्रदेशको तुलनामा यो प्रदेश अगाडि रहेको छ भन्नुभयो ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले घिरिङको विकास निर्माणका बारेमा जानकारी गराउँदै गाउँपालिकाको योजनामा प्रदेश सरकारको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !