१४ असार २०८१, शुक्रबार

प्रदेश नम्बर ४ को नाम गोर्खा राख्न अभियान


pradesh4

१६ वैशाख, नवलपरासी । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।

प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो ।

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताए ।

हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले जानकारी दिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !