९ असार २०८१, आइतबार

हिउँ खेल्न गएका दुईजना पाँच दिनदेखि बेपत्ता


हिउँ

काठमाडौं । गोरखामा हिउँ खेल्न गएका दुई जना पाँच दिनदेखि बेपत्ता भएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन् ।

स्थानीयका अनुसार उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेका थिए । बारपाकदेखि लाप्राकसम्म कच्ची बाटोमा हिँडेर ३-४ घण्टा लाग्ने एक स्थानीयले जानकारी दिए । स्थानीय र प्रहरी मिलेर उनीहरूको खोजी गरिरहेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !