१२ आश्विन २०८१, शनिबार

एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ


kiran gurung

२८ चैत, पोखरा । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् ।

पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् ।

यसअघि मुख्यमन्त्रीको दाबी गरेर प्रदेशसभा निर्वाचन लडेका गुरुङ संसदीय दलको चुनावमा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने गरी अघि सरेपछि उम्मेदवार बनेका थिएनन् ।

बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा लम्जुङवाट निर्वाचित प्रदेशसभा सदस्य मायानाथ अधिकारीलाई चयन गरेको छ । उनी एमाले केन्द्रीय सदस्य हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !