कास्की । सत्तारुढ दल नेपाली काँग्रेसको गण्डकी प्रदेशमा रामचन्द्र पौडेल पक्षले आफ्नो उम्मेदवार तय गर्न सकेको छैन ।
स्रोतका अनुसार संस्थापन पक्षले उम्मेदवार छनौट गरिसक्दा समेत पौडेल पक्षले उम्मेदवार तय गर्न सकेको छैन ।
एक नेताका अनुसार पौडेल पक्षबाट ५ जनाले सभापतिका लागि दाबी गरेका छन् । पौडेल पक्षबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा, रघुनाथ पौडेल र महेन्द्रध्वज जिसी सभापतिका आकांक्षी छन् ।
त्यस्तैगरी संस्थापन समूहबाट अर्जुनप्रसाद जोशीले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मंसिर १७ मा उम्मेदवारी दर्ता र १९ गते निर्वाचनको कार्यक्रम छ ।