पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । गुरुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
आजै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो । माओवादी केन्द्रले २ मन्त्रीलाई फिर्ता बोलाएपछि बागमती प्रदेश सरकार संकटमा परेका थिए ।
आजै कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सरकारमा जाने पक्का भइसकेको थियो । कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।