१२ बैशाख २०८१, बुधबार

प्रदेशसभा सदस्य मल्लले दिए पदबाट राजीनामा


कर्णबहादुर मल्ल

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले साधारण सदस्यसम्म नरहने गरि निष्कासन गरेपछि मल्लले राजीनामाको घोषणा गरेका हुन् ।

डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । उनले भने,”मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु ।”

मल्लले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस बीपीको तर्फबाट एमालेसँग गठबन्धन गरेर काँग्रेस उम्मेदवारविरुद्ध बागी खडा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !