६ बैशाख २०८१, बिहिबार

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित


एमाले

बुटवल । एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका छन् ।

एक नेताका अनुसार उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !