७ जेष्ठ २०८१, सोमबार

बाँदर धपाउने यन्त्र वितरण


monkey

डोटी । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्मामा आवश्यकतानुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको बताइएकोे छ ।

बाँदरको आतङ्कबाट छुट्कारा पाउन गाउँपालिकाका सातवटै वडाका अध्यक्षलाई २५ थान यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उक्त यन्त्र पड्काउँदा कम्तीमा पनि २० वटा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने साइन नेपालले जनाएको छ । बाँदर धपाउने यन्त्र निकै प्रभावकारी देखिएको वडा नं २ का किसान करनसिंह साउदले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !