११ बैशाख २०८१, मंगलबार

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय भएको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको समूहमा उभिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली समूहका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको स्रोतले बतायो ।बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !