३० कार्तिक २०८१, शुक्रबार

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण


हेटौँडा, १ साउन । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका तीन वटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

आज प्रमाणीकरण गरिएका विधेयकमा प्रदेश सरकारको सञ्चितकोषबाट केही रकम खर्च गर्न व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश सरकारको आर्थिक ऐन कार्यान्वयन गर्न बनेको विधेयक २०७६ र कर तथा गैरकर राजश्वसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ रहेको प्रदेश प्रमुख कार्यालयको सचिवालयका सूचना अधिकारी राजेश तामाङले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !