१६ बैशाख २०८२, मंगलबार

पद तथा गोपनीयताको शपथ


वाग्मती प्रदेशसभा

बागमती । बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

आयोगको उपाध्यक्षमा नियुक्त डा जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौँकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !