५ जेष्ठ २०८१, शनिबार

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल


युवराज दुलाल

वाग्मती, २८ साउन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको हो ।

मन्त्री दुलालले “युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन” नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गर्नुभएको छ । “स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो”, मन्त्री दुलालले सन्देशमा उल्लेख गर्नुभएको छ ।

“आउनुहोस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ” मन्त्री दुलालले सन्देशमार्फत भन्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !