७ मंसिर २०८१, शुक्रबार

आज ओली समूहको प्रशिक्षण सातै प्रदेशमा, क-कसले पायो प्रशिक्षण सन्चालनको जिम्मेवारी ?


प्रधानमन्त्री केपी शर्मा ओली

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ । ओली समूहले प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई समेत जिम्मेवारी तोकिएको छ ।

ओली समूहले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा, डा. विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल, सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा, गोमा देवकोटा, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ, सीता पौडेल, वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी, पद्मा अर्याल, प्रदेश नं २.मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, जुलीकुमारी महतो, प्रदेश नं. १.मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई खटाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !