आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ धार्मिक विश्वास
काठमाडौँ । आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।