२० कार्तिक २०८१, मंगलबार
राजनीति

सरकारी निकायले राहतमा व्यापक अनियमितता गरेको लेखापरीक्षणको पुष्टि

काठमाडौं- भूकम्पपीडितलाई राहतस्वरुप नगद, खाद्य र गैरखाद्य सामग्री वितरण गर्दा सरकारी निकायले व्यापक अनियमितता गरेको राज्यकै लेखापरीक्षणले पुष्टि गरेको छ। विभिन्न संघसंस्था, व्यक्ति तथा देशबाट प्राप्त त्यस्ता सामग्री भूकम्पपीडितलाई तत्काल वितरण गर्नुपर्ने भए पनि हालसम्म वितरण नगरी राखिएको, बिल नबनाई