२७ चैत्र २०८२, शुक्रबार
समाचार

कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको