झापा गोल्डकपमा नेपाल पुलिस क्लब १–० गोल अन्तरले विजयी
२० फागुन, झापा । रुपन्देही– ११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो