आठ करोडको रिसोर्ट सञ्चालनमा
५ असोज, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गर्नुभएको हो । स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट