माइभ्याली गोल्डकप आजवाट सुरु, उद्घाटन खेलमा आयोजक र कास्की ११ खेल्दै
६ वैशाख, इलाम । इलाम अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको चौथो संस्करण विहीबारदेखि सुरु हुँदैछ । इलाम सदरमुकामको टुँडिखेलमा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लब इलाम र कास्की ११ पोखरा खेल्दैछन् । खेल दिउँसो २ बजपछि सुरु हुनेछ