हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार
बाजुरा, ६ असार । हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।