२३ साउन, रसुवा । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो