, विकास

विकास

  • कागज कारखाना सञ्चालनमा

    नवलपुर, २८ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै रु ५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ । […]

  • कालोपत्रको माग राख्दै स्थानीयवासी आन्दोलित

    काठमाडौँ, २७ साउन । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् । स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन […]

  • पुल निर्माण

    नौ वर्षपछि पुल निर्माण सम्पन्न

    खलङ्गा, २५ साउन । जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो । विसं २०७२ मा तत्कालीन प्रमुख ई हरिप्रसाद शर्मा बहाल हुँदा पुलको डिजाइन […]

  • सडक

    मुडे–चरीकोट सडक : पाँच वर्षमा पनि बनेन ३० किमी

    चरिकोट, साउन २२ । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी मुढेबाट चरिकोटसम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा […]

  • कर्णाली राजमार्ग

    अवरुद्ध कर्णाली राजमार्ग खुला

    जुम्ला, २१ साउन । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उहाँले भन्नुभयो, “पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ ।” कर्णाली राजमार्गको […]

  • सडकखण्ड पुनःसञ्चालन

    लोकमार्ग मर्ममा टालटुले काम

    सर्लाही, २० साउन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो । वर्षायाम शुरु भएपछि टालटुलका काम शुरु हुने र पानी परेपछि सोही स्थानमा भत्किने गरेका कारण […]

  • सडकखण्ड पुनःसञ्चालन

    छेला–लिप्ना सडक निर्माण अगाडि बढ्दै

    कञ्चनपुर, २० साउन । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको कञ्चनपुरको छेला लिप्ना सडक निर्माणको कार्य दु्रतगतिमा अगाडि बढाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १८ करोड ४९ लाखको लागतमा सडक कालोपत्र गर्ने कार्य अगाडि बढाइएको हो । आब २०७६÷७७ मा सडक निर्माणको कार्य ठेक्का प्रक्रियामार्फत अगाडि बढाइएको छ । सडकमा कालोपत्रका लागि बेस […]

  • देशभरमा एक वर्षमा २१० पुल सम्पन्न, कहाँ-कहाँ सम्पन्न भयो त ?

    काठमाडौँ, १८ साउन । गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य राखेकामा लक्ष्यको ७० प्रतिशत पुल सम्पन्न भएको हो । गत आर्थिक वर्षको कामको गतिका आधारमा ३०० भन्दा बढी पुल सम्पन्न हुने अवस्था रहेको सडक विभागको दाबी छ । विभागले पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने […]

  • सडकखण्ड पुनःसञ्चालन

    अरनिको राजमार्गमा यातायात सञ्चालन

    चौतारा, १८ साउन । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिनुभयो । क्षतिग्रस्त […]

  • सडकखण्ड पुनःसञ्चालन

    कामको गति बढाएर राष्ट्रिय गौरवका सडक समयमै सम्पन्न गरिने

    काठमाडौँ, १६ साउन । राष्ट्रिय गौरवका सडक आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा कम प्रगति देखिएपनि आगामी वर्षमा कामको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको मध्यपहाडी र हुलाकी राजमार्ग निर्धारित समयमै सम्पन्न हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मध्यपहाडी (पुष्पलाल) […]

  • हुलाकी सडक

    हुलाकी सडक स्तरोन्नति गरिँदै

    गोदावरी, १२ साउन । कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नतिको कार्य अघि बढेको छ । हुलाकी सडक आयोजना कार्यालयअन्तर्गत सडक स्तरोन्नतिका लागि ठेक्का भई निर्माणकार्य अघि बढेको हो । धनगढीको क्याम्परोडदेखि तीन किलोमिटर सडक चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा सो सडकलाई स्तरोन्नति गरिने भएको जनाइएको […]

  • Ram Bahadur Thapa

    विपद् रोक्न विकास नीति परिवर्तन आवश्यक : गृहमन्त्री थापा

    काठमाडौँ, ८ साउन । गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भन्नुभयो, “विकास नीति […]

  • प्युठानमा व्यावसायिक नेपाली कागज उत्पादन

    झिमरुक, ८ साउन । प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताउनुभयो । जिल्लामा […]

  • एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने

    काठमाडौँ, ४ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो । एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके […]

  • कोरोना महामारीले फेरिएको नरैनापुरको मुहार

    कोरोना महामारीले फेरिएको नरैनापुरको मुहार

    राँझा, १ साउन । गाउँमा एकाएक पक्की सडक र बिजुली बत्ती आएपछि नरैनापुर गाउँपालिका– ५ मटेहिया निवासी केशवराम यादव यतिबेला दङ्ग हुनुहुन्छ । उहाँजस्तै अरु धेरै स्थानीय पनि यो विकास देखेर आश्चर्य र खुशी छन् । “सधैँ निर्वाचनका बेला पक्की सडक र बिजुलीको कुरा हुन्थ्यो, अलिअलि पोल पनि गाडिन्थे तर निर्वाचन सकिएपछि चर्चा हराउँथ्यो पोलमात्र […]

  • मेलम्ची

    मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

    काठमाडौँ, ३१ असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट […]

  • सुन्दरीजल सडक

    जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

    काठमाडौँ, ३० असार । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा उपलब्ध चौडाइमै […]

  • नारायणगढ-मुग्लिन सडक

    नारायणगढ-मुग्लिन सडक फेरि भासियो

    चितवन, ३० असार । नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप भासिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी […]

  • देशको विकास

    यस्ता छन् देशमा विकास नहुनुका कारणहरु

    भारतका ९०% उत्पादनको खपत नेपालमा हुन्छ । नेपाल भारतको निर्भरमा नभई भारत नेपालको व्यापारमा निर्भर देखिन्छ । यदि नेपालको सामानले जुनदिन बजार ओगटेको छ, त्यसको भोली देखि भारतलाई ठूलो झड्का लाग्ने प्रयाप्त सम्भावना छ । यहि कारण नेपालको राजनीतिमा चलखेल भइरहन्छ । भारतको आँखा भनेको नेपालमा एकल व्यापार गर्न चाहनु हो । चीनले नेपालमा सहयोग […]

  • नारायणगढ-मुग्लिन सडक

    १ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक

    चितवन, २९ असार । नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ […]