१२ असार २०८१, बुधबार
अपराध

गोली हानी हत्या प्रयास

जलेश्वर, १८ फागुन । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।