शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत
४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।