कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन
काठमाडौँ, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गर्नुभएको हो