१ फाल्गुन २०८२, शुक्रबार

२०८२ साल माघ १३ मंगलबार आजको दैनिक राशिफल


आजको राशिफल

२०८२ साल माघ १३ मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ होला । सामाजिक स्थानमा नयाँ ईटा थपिन सक्ला । आर्थिक लगानीका लागि पनि समय अनुकूल रहला ।

वृष

खर्चका बाटाहरु लम्बिएर जालान् । अनपेक्षित कामको समेत जिम्मेवारी लिनुपर्ने बाध्यात्मक अवस्था आउला । विरोधीहरु सक्रिय होलान् ।

मिथुन

आम्दानीका नयाँ स्रोतहरु भेटिएलान् । कुनै शुभ समाचारको प्राप्ति होला । मनमा खुशीयाली छाउला ।

कर्कट

सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ होला । स्वास्थ्यस्थिति भने अनुकूल रहला । अधुरा कार्यले मनमा चिन्ता बढ्ला ।

सिंह

व्यापार व्यवसायमा असन्तुलनता देखा पर्ला । आशा देखाउनेले अन्त्यमा निराश तुल्याउलान् । पूर्व सम्झौतामा खलबल आउला ।

कन्या

वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर होला । अनायासै स्वास्थ्यस्थितिमा समस्या देखा पर्ला । अन्तिम अवस्थामा पुगेर काम रोकिएलान् ।

तुला

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । राज्य पक्षबाट साथ सहयोग प्राप्त होला ।

वृश्चिक

यत्रतत्र यश, कीर्ति फैलिएला । शत्रु तत्वहरुको लज्जास्पद हार होला । पुरस्कार, उपहार वा धन लाभ होला ।

धनु

घरबाहिरको बसाइँमा अनेकानेक विघ्न बाधा सहनुपर्ला । अनपेक्षित खबरको प्राप्ति मन खिन्न होला । स्वास्थ्यमा समेत समस्या देखिएला ।

मकर

परिश्रमको यथोचित मूल्याङ्कन नहोला । परिस्थिति प्राय: प्रतिकूल रहला । अधिकार प्राप्तिका लागि केही कठोर बन्नुपर्ला ।

कुम्भ

उद्योगधन्दामा उचित मुनाफा होला । सामाजिक कार्य सफलता तथा जस पाइएला । आर्थिक कारोबारमा फाइदा होला ।

मीन

बाह्य विषयमा अनावश्यक चासो राख्दा आफैलाई समस्या आउला । आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ला । मनमा अशान्तिको कालो बादल मडारिएला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !