१ फाल्गुन २०८२, शुक्रबार

२०८२ साल पुस ९ गते बुधबार आजको दैनिक राशिफल


आजको राशिफल

२०८२ साल पुस ९ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

रोजगारीका नयाँ अवसरहरु जुट्न सक्लान् । पहिलेको कार्य सफलताले हौसला बढ्ला । स्वास्थ्य स्थिति पनि अनुकूल रहला ।

वृष

आश्वासन बाँड्नेहरुबाट निराश भइएला । पूर्व सम्झौताहरु तोडिन सक्लान् । व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ला ।

मिथुन

वैचारिक मनमुटावले उग्र रुप लिन सक्छ । पूरा हुनै लागेको कार्य अन्त्यमा पुगेर बिग्रिन सक्ला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ला ।

कर्कट

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्य सरिक भइएला । शरीरमा शान्ति मुहारमा कान्ति छाउला ।

सिंह

परिश्रमको अनुपातमा उचित प्रतिफल प्राप्त होला । शत्रु तत्त्वको पराजय हुँदै जाला । यत्रतत्र यश कीर्ति फैलिएला ।

कन्या

घरबाहिरको बसाइँ कष्टकर हुनसक्छ । मनमा अशान्ति छाउने कुनै खबर सुन्नुपर्ला । आर्थिक लगानीका लागि समय प्रतिकूल रहला ।

तुला

इच्छित खानाको उपभोगमा बिध्नबाधा आइपर्ला । श्रमको उचित मूल्याङ्कन नहोला । हक अधिकारका लागि कडा सङ्घर्ष गर्नुपर्ला ।

वृश्चिक

शारीरिक तथा मानसिक मिहिनेतको यथोचित मूल्याङ्कन होला । मनमा प्रशन्नताको बहार छाउला । कार्यसिद्धि हुने प्रबल सम्भावना रहला ।

धनु

मानसिक असन्तुष्टिले मन बेचैन रहला । आर्थिक व्ययभारले कठिन परिस्थितिको सामना गर्नुपर्ला । वाणीको प्रभावमा भने वृद्धि आउला ।

मकर

लामो समयदेखि विछोडिएका आफन्तजनसँग भेटघाट तथा वार्तालापको अवसर जुट्ला । नयाँ ज्ञान, सीप सिक्ने मौका मिल्ला । आर्थिक लगानीका लागि समय अनुकूल बन्ला ।

कुम्भ

नसोचेको खर्चका बाटाहरु बढ्लान् । आफन्तजनबाटै घातप्रतिघातको स्थिति बन्नसक्छ । आर्थिक लाभ नै नहुने कामको समेत जिम्मेवारी वहन गर्नुपर्ला ।

मीन

आम्दानीका नयाँ स्रोतहरु भेटिएलान् । मनमा कार्य सम्पादन गर्ने उत्साह बढ्ला । कुनै शुभ समाचारको आगमन होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !