११ कार्तिक २०८१, आइतबार

२०८१ साल कार्तिक १० गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल कार्तिक १० गते शनिबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वाधिकार प्राप्तिका लागि कडा कसरत गर्नुपर्ला । वादविवादजन्य विषयमा प्रवेश नै नगरेको श्रेयस्कर होला । मन प्राय: अस्थिर र बेचैन रहला ।

वृष

धार्मिक तथा सामाजिक कार्यमा मन जाला । कार्यसिद्धिको शुभ फलदायी योग बन्ला । मनमा प्रसन्नता छाउला ।

मिथुन

शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । बोलीले उच्च सकारात्मक प्रभाव जमाउने सकिएला । लेनदेनका लागि भने समय प्रतिकूल रहला ।

कर्कट

सभा, गोष्ठी, सम्मेलनमा सरिक हुने अवसर जुट्ला । नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्ला । नयाँ क्षेत्रमा गरेको लगानी सफलतान्मुख रहला ।

सिंह

आत्मविश्वासमा केही कमी आउला । हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्ला । खर्चका बाटाहरु लम्बिएर जालान् ।

कन्या

अनायासै आर्थिक लाभको अवसर जुट्ला । मनमा खुशीयाली छाउने कुनै शुभ समाचार सुन्न पाइएला । प्रियजनसँग भेटघाटको माहोल बन्ला ।

तुला

वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिन सक्ला । नयाँ रोजगारीको अवसर समेत आउन सक्ला । अनपेक्षित व्यक्तिबाटसमेत सहयोग प्राप्त होला ।

वृश्चिक

नयाँ कार्ययोजना तय होलान् । लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुने सम्भावना रहला । स्वास्थ्यस्थिति भने प्रतिकूल रहन सक्ला ।

धनु

शारीरिक तथा मानसिक आलस्यता बढ्ला । पूरा हुनै लागेको काम अन्तिममा गएर बिग्रिन सक्ला । विवादास्पद विषयमा प्रवेश नगर्नु उचित रहला ।

मकर

आशा गरेको व्यक्ति स्थानबाट राम्रो साथ सहयोग प्राप्त होला । कला साहित्यमा मन रमाउला । कहीँकतै आतिथ्यता ग्रहण गर्ने मौका मिल्ला ।

कुम्भ

विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइएला । घरमा नवीन रौनकता छाउला । वस्त्र, उपहार वा पुरस्कार प्राप्तिको समेत सम्भावना रहला ।

मीन

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले अपेक्षित प्रतिफल नदेला । आफन्तको भने साथ सहयोग प्राप्त होला । नयाँ कार्यारम्भका लागि केही समय धैर्य गर्नु श्रेयस्कर रहला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !