२ कार्तिक २०८१, शुक्रबार

२०८१ साल असोज २० गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज २० गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने होला । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् ।

वृष

परिश्रम अनुसार उचित फल प्राप्त होला । दीर्घकालीन रुपमा फाइदा हुने कुनै कामको प्रारम्भ होला । प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला ।

मिथुन

बौद्धिक क्षेत्रमा प्रगति हुँदै जाला । नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षारत रहनु नै श्रेयस्कर होला । घरबाहिरको बसाइँ भने कष्टकर होला ।

कर्कट

अप्ठ्यारोमा साथ दिने आफन्त नै टाढिएलान् । परिस्थिति प्रायः प्रतिकूल बन्ला । श्रमको उचित मूल्याङ्कन नहोला ।

सिंह

उद्योग व्यापारमा फाइदा होला । आरोग्यतमा थप वृद्धि आउला । मनमा प्रसन्नताको बहार छाउला ।

कन्या

बाह्य विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिएला । मानसिक असन्तुष्टिको अनलज्वालामा चित्त जल्ला । लेनदेनमा असन्तुलनता देखिएला ।

तुला

लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलन होला । कुनै रचनात्मक कार्यको प्रारम्भ हुन सक्ला । घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त होला ।

वृश्चिक

व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना होला । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी बहन गर्नुपर्ला । सामाजिक स्थानमा केही खलबल आउला ।

धनु

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला ।मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइएला । प्रियजनसँग मिलनको अवसर जुट्ला ।

मकर

पहिलेको सफलताले मनमा हौसला बढ्ला । वैदेशिक रोजगार वा आयको अवसर भेटिएला । विपरीत लिङ्गी मित्रको राम्रो सहयोग प्राप्त होला ।

कुम्भ

नयाँ कार्ययोजना तय हुने हुनसक्ला । लामो समयदेखि रोकिएका कार्य सुचारु होलान् । सामाजिक उत्तरदायित्व बढ्ला ।

मीन

सम्पन्न हुनै लागेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ला । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने हुनसक्छ । काम गर्ने इच्छाशक्तिमा ह्रास आउला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !