१५ आश्विन २०८१, मंगलबार

२०८१ साल असोज १५ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज १५ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदेला । मनमा अशान्तिको कालो बादल मडारिएला । आफन्तजनबाट भने राम्रो साथ सहयोग प्राप्त होला ।

वृष

आफन्तजनसँग वैचारिक मनमुटाव होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ला । प्राय: परिस्थिति प्रतिकूल रहला ।

मिथुन

मनमा प्रसन्नता बहार छाउला । कार्यसिद्धिको शुभफलदायक योग बन्ला । आर्थिक कारोबारमा फाइदा मिल्ला ।

कर्कट

ओजस्वी वाणीको प्रभावकारी प्रभाव पर्ला । शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । लेनदेनमा भने विशेष सतर्कता अपनाउनु बुद्धिमानी होला ।

सिंह

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ला । नयाँ ज्ञान प्राप्तिको मौका मिल्ला । सामाजिक मान सम्मानमा वृद्धि आउला ।

कन्या

आफन्तबाटै घात प्रतिघात होला । हीनताबोध महसुस होला । मानसिक चिन्ता बढ्ने उच्च सम्भावना रहला ।

तुला

आम्दानी बढ्नाले मनमा उत्साह बढ्ला । दीर्घकालीन फाइदा हुने निर्णय लिन सकिएला । कुनै सुखद खबरको प्राप्ति होला ।

वृश्चिक

गरिरहेको कामभन्दा बाहिरी कामबाट फाइदा होला । पहिलेको सफलताले हौसला बढ्ला । अनपेक्षित व्यक्तिबाटै सहयोग प्राप्त होला ।

धनु

लामो समयदेखि रोकिएका कार्यहरु पुन: सुचारू होलान् । कुनै नयाँ कार्ययोजना तय होला । सामाजिक उत्तरदायित्व बढ्ला ।

मकर

अन्तिममा पुगेर भइरहेको काम बिग्रिने उच्च सम्भावना रहला । अनावश्यक वादविवादमा समय व्यतीत होला । कार्यसम्पादनमा ह्रास आउला ।

कुम्भ

कलासाहित्यमा रुचि बढ्ला । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सरिक भइएला ।

मीन

घरमा नवीन चहलपहल छाउला । प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । आफूले गरेको कार्यमा आत्मसन्तुष्टि मिल्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !