१४ आश्विन २०८१, सोमबार

२०८१ साल असोज १४ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज १४ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्यको प्रारम्भका लागि भने केही प्रतीक्षारत रहनु श्रेयस्कर होला । आफन्तको साथ सहयोग राम्रो प्राप्त होला ।

वृष

अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस होला । परिश्रमले यथोचित प्रतिफल नदेला । परिस्थिति प्रतिकूल बन्दै जाला ।

मिथुन

उद्योग व्यवसायमा अपेक्षित फाइदा होला । धर्मकर्ममा रुचि बढ्ला । सामाजिक कार्यमा सफलता प्राप्त होला ।

कर्कट

बोलीवचनको प्रभाव उच्च रुपमा पर्ला । अरुका विषयमा अनावश्यक चासो राख्दा भने आफै समस्यामा फसिने सम्भावना रहला । शुभ कार्यको चर्चा चल्ला ।

सिंह

कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि विछोडिएका आफन्तजनसँग पुनर्मिलनको योग बन्न सक्छ । नयाँ ज्ञान, सिप सिक्ने अवसर जुट्ला ।

कन्या

आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना होला । लगनशीलतामा कमी आउला ।

तुला

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला । ठीक समयमा उचित निर्णय लिन सकिएला । आकस्मिक रुपमा अर्थ, जमिन लाभ हुनसक्छ ।

वृश्चिक

नयाँ कामका लागि प्रस्ताव आउला । पहिलेको सफलताले हौसला थपिएला । वैदेशिक कार्य वा नियमितभन्दा फरक कार्यबाट फाइदा होला ।

धनु

पूर्व सम्झौता तोडिने परिस्थिति बन्नसक्ला ।आश्वासन दिनेहरुले नै झुक्याउने प्रबल सम्भावना रहला । सामाजिक दायित्व भने बढ्ला ।

मकर

एकपटक गरिसकेको कार्य पुनः दोहोर्‍याएर गर्नुपर्ने हुन सक्छ । वादविवादबाट टाढै रहनु श्रेयस्कर होला । परिश्रमका अनुपातमा प्रतिफल कम प्राप्त होला ।

कुम्भ

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । राज्य पक्षबाट साथ सहयोग राम्रो पाइएला ।

मीन

दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ होला । शत्रुपक्षको हार होला । विशिष्ट व्यक्तिको घरमा आगमन होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !