३ आश्विन २०८१, बिहीबार

२०८१ साल असोज १ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल असोज १ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

उचित समयमा उचित निर्णय लिन सकिएला । नाम र दाम आर्जन होला । मनमा नयाँ उत्साह र उमङ्ग जाग्ला ।

वृष

गरिरहेको कामबाट भन्दा बाहिरी कार्यबाट बढीको फाइदा होला । विपरीत लिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुन सक्छ । पहिलेको कार्य सफलताले हौसला बढ्ला ।

मिथुन

लामो समयदेखि रोकिएका कार्यले पुन: उचित गति लिन सक्लान् । नयाँ कार्ययोजना पनि तय होला । सामाजिक उत्तरदायित्व बढ्ला ।

कर्कट

शारीरिक तथा मानसिक आलस्यता बढ्ला । पूरा हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिएला । न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ला ।

सिंह

कला साहित्य तथा सङ्गीतमा रुचि बढ्ला । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । अतिथिका रुपमा स्वागत सत्कार समेत पाइएला ।

कन्या

घरमा नवीन रौनकता छाउला । कुनै विशिष्ट व्यक्तिलाई पाहुनाका रुपमा स्वागत गर्न पाइएला । कार्यमा आत्मसन्तुष्टि मिल्ला ।

तुला

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् मुनाफा नदेला । कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ । नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षारत रहनुपर्ला ।

वृश्चिक

अनावश्यक वादविवादको दलदलमा फसिन सक्छ । आफ्नो अधिकार प्राप्तार्थ सङ्घर्ष गर्नुपर्ला । परिस्थिति प्राय: प्रतिकूल रहला ।

धनु

धार्मिक स्थल, मठ, मन्दिरको भ्रमण होला । सामाजिक कार्यमा जस वा सफलता प्राप्त होला । व्यापार व्यवसायले पनि मुनाफा भित्र्याउला ।

मकर

बोलीको सकारात्मक प्रभाव बढ्ला ।शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । अरुका विषयमा भने अनावश्यक चासो नराख्नु नै उचित होला ।

कुम्भ

सामाजिक मान सम्मानमा वृद्धि आउला । नयाँ ज्ञान आर्जन गर्ने सुअवसर प्राप्त होला। कुनै रचनात्मक कार्यको प्रारम्भ होला ।

मीन

लगनशीलता तथा आत्मविश्वासमा केही कमी आउला । आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना रहला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउनसक्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !