३ आश्विन २०८१, बिहीबार

२०८१ साल भदौ ३१ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ ३१ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइएला । शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ला । अनायासै आर्थिक लाभको समेत हुन सक्ला ।

वृष

स्वास्थ्यस्थिति प्राय: अनुकूल नै रहला । प्रारम्भ भइसकेका कार्यलाई भने गन्तव्यमा पुर्याउन कठिनाइ हुन सक्ला । नयाँ कामका लागि भने प्रस्ताव आउन सक्छ ।

मिथुन

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ला । आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ला । नजिकैका स्वजनसँगै वैचारिक मतभेद हुन सक्ला ।

कर्कट

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्न सक्छ । अनावश्यक वादविवादमा फसिने सम्भावना उच्च रहला । आलस्यता पनि बढ्ला ।

सिंह

मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । प्रारम्भित कार्य अपेक्षाकृत् गतिमा अगाडि बढ्लान । राज्यपक्षबाट उचित साथ सहयोग पाइएला ।

कन्या

शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जाला ।आफूले गरेको कार्यले आत्मसन्तुष्टि देलान् । घरमा नवीन चहलपहल छाउला ।

तुला

घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्ला । मनमा अशान्तिले डेरा जमाउला । बौद्धिक क्षेत्र भने फराकिलो होला ।

वृश्चिक

इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा आउला । मनमा अस्थिरता छाउला । स्वास्थ्य अवस्थाको विशेष ख्याल गर्नुपर्ला ।

धनु

आरोग्यतामा थप वृद्धि आउला । मनमा खुशीयाली छाउला । आर्थिक कारोबारमा लाभ होला ।

मकर

असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित होला । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ला । आँखामा कष्ट वा कुनै समस्या देखिएला ।

कुम्भ

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा देला । पारिवारिक साथ सहयोगले महत्त्वपूर्ण काम बन्लान् । सभा समारोहमा सहभागी भइएला ।

मीन

सामाजिक मान सम्मानमा केही खलबल आउन सक्छ । खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना रहन्छ । मानसिक चिन्ता बढ्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !