३ आश्विन २०८१, बिहीबार

२०८१ साल भदौ २९ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २९ गते शनिबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

स्वास्थ्य स्थिति प्राय: अनुकूल होला । थालेको कार्यहरु भने बीचमै रोकिन सक्छन् । पहिलेको कार्य सफलताले हौसला भने बढ्ला ।

वृष

आशा गरेको व्यक्ति वा स्थानबाटै निराश बन्नुपर्ला । व्यापार व्यवसायले पनि अपेक्षित प्रतिफल नदेला । स्वास्थ्यमा पनि कुनै न कुनै समस्या देखिएला ।

मिथुन

वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहला । पूरा हुनै लागेको कामलाई समेत पुन: दोहोर्‍याएर गर्नुपर्ने हुनसक्छ । अनायासै स्वास्थ्यमा पनि असन्तुलनता देखापर्ला ।

कर्कट

थालेका कार्य सफलताको मार्गमा अघि बढ्लान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला ।

सिंह

प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । यत्रतत्र यश, कीर्ति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

कन्या

यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्ने हुनसक्छ । मनमा अशान्तिको कालो बादल मडारिएला । कुनै अशुभ समाचार समेत सुन्नुपर्ला ।

तुला

मन प्राय: अस्थिर रहला । हरेक कार्यमा बाधा अवरोधको सामाना गर्नुपर्ने हुनसक्छ । स्वजनसँगै वैचारिक मनमुटाव हुनसक्ला ।

वृश्चिक

आरोग्यतामा थप वृद्धि आउला। कार्य सिद्धिको समय रहला । मनमा प्रसन्नताको बहार छाउला ।

धनु

असन्तोषरुपी अनलज्वालामा चित्त जल्ला । आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ । आँखामा कष्ट वा कुनै समस्या देखिएला ।

मकर

सामाजिक मान-सम्मानमा वृद्धि आउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला ।

कुम्भ

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना रहला । नसोचेको ठाउँमा अनावश्यक धननाश होला । मनमा मानसिक चिन्ताले डेरा जमाउला ।

मीन

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइएला । आर्थिक लाभ समेत योग रहला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !