३ आश्विन २०८१, बिहीबार

२०८१ साल भदौ २६ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २६ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

परिश्रमको अनुपातमा न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । बन्नै लागेका कामलाई समेत फेरि दोहोर्‍याएर गर्नुपर्ला । वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर होला ।

वृष

अतिथिका रुपमा स्वागत-सत्कार प्राप्त होला । भ्रमण तथा रमाइलो कार्यक्रममा समय व्यतीत होला । राज्य पक्षबाट साथ सहयोग प्राप्त होला ।

मिथुन

परिश्रमले अपेक्षित नतिजाको नजिक पुर्याउला । दिगो रुपमा फाइदा हुने कामको प्रारम्भ होला । प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला ।

कर्कट

बौद्धिक क्षेत्र अझै फराकिलो हुँदै जाला । नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु श्रेयस्कर होला । घरबाहिरको बसाइ केही कष्टकर हुनसक्ला ।

सिंह

परिश्रमको उचित मूल्याङ्कन नहोला । अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव खट्किएला । परिस्थिति प्राय: प्रतिकूल रहला ।

कन्या

उद्योग-धन्दामा गरेको लगानीले मुनाफा भित्र्याउला । गरेका कार्यको उचित प्रतिफल प्राप्त होला । मनमा खुशीयाली छाउला ।

तुला

अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिएला । आर्थिक कारोबारमा असन्तुलनता देखापर्ला । मानसिक चिन्ता बढ्ला ।

वृश्चिक

कुनै नयाँ रचनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलन होला । मानसम्मानमा वृद्धि होला ।

धनु

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति निर्माण होला । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । लगनशीलतामा कमी आउला ।

मकर

अनपेक्षित रुपमा आर्थिक लाभ वा उपहार प्राप्ति होला । मनमा उत्साह जाग्ला । कुनै शुभ समाचार सुन्न पाइएला ।

कुम्भ

कुनै नयाँ काम वा रोजगारीको प्रस्ताव आउला । पहिलेको कार्य सफलताले हौसला बढ्ला । स्वास्थ्य स्थिति अनुकूल वा सुधार आउला ।

मीन

आश्वासन बाँड्नेहरुले झुक्याउन सक्लान् । पूर्व सम्झौता तोडिन सक्ला । जिम्मेवारीमा वृद्धि आउला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !  

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !