२०८० साल मंसिर २ गते शनिबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥
मेष
स्वास्थ्य स्थितिले साथ दिएपनि थालेको कार्यहरु बीचमै रोकिने ।
वृष
आशा गरेको व्यक्ति वा स्थानबाटै काम नबन्ने साथै व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने ।
मिथुन
अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखिने साथै वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
कर्कट
थालेका कार्यले सफलताको मार्गमा उचित गति लिने साथै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह
प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने साथै यत्रतत्र यश, कीर्ति फैलने ।
कन्या
यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्ने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला
मन प्राय अस्थिर रहने साथै हरेक कार्यमा बाधा अवरोध खडा हुने ।
वृश्चिक
आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।
धनु
असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने साथै आर्थिक शंकटको सामना गर्नुपर्ने ।
मकर
सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।
कुम्भ
विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
मीन
आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै शुभ समाचार सुन्न पाइने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816
धन्यवाद !