६ बैशाख २०८१, बिहिबार

आज २०७७ साल साउन १८ गते आइतवारको राशिफल


राशिफल

आज २०७७ साल साउन १८ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

कला, सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृष

आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ ।

मिथुन

राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।

कर्कट

आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

सिंह

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कन्या

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

तुला

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

बृश्चिक

व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

धनु

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ ।

कुम्भ

शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीन

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।  (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !