७ पुस २०८१, आइतबार

वृष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


वृष राशि
ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

वृष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

वृष राशि (इ,उ,ए,ओ,बा, बी, बू, बो)

स्वामी : शुक्र

शुभ अंक : ६

शुभ रंग : सेता र निलो

शुभ दिन : बुधबार, शुक्रबार र शनिबार

अशुभ अंक : ४, ५, ७, ८ र १२

दिशा : पूर्व

वृष राशिको स्वभाव

केटी मान्छे भए ठूला-ठूला आँखा भएकी वा नारी अथवा महिला वृष राशि नै हुने गरेको पाइन्छ । वृष राशिका मानिसलाई पूर्वभन्दा उत्तरतर्फ जाँदा सुख हुने गर्दछ । वृष राशिका नर वा नारी विरामी हत्तपत्त नहुने भएमा ढिलो निको हुने गर्छ ।

मित्रता र बिबाह

मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, मकर, कुम्भ र मिनसँग मित्रता वा बिबाह गरेमा भावी जीवन सोचे अनुसारको हुनेछ । वृष राशिका महिलाका पुत्र २६ वर्षपछि मात्र हुनेछ । गोजीमा सधैँ सेतो रुमाल राख्नाले शुभ हुनेछ । वृष राशिका मानिसले शुक्रबार सन्तोषि माताको व्रत र शिवको उपसना गर्नुपर्नेछ । अनि भावी जीवन उत्तम हुनेछ । वृष राशिका मानिसले पूर्णिमा दिन पूर्ण चन्द्रमाको दर्शन गरी रातो वस्तु हेरेर भित्र पसेमा त्यो महिना शुभ हुनेछ । दुई दाम्पत्यको बीच वृष राशिका जातक वा व्यक्तिको पारिवारिक असन्तुलन भइरहन सक्नेछ । वृष राशिका व्यक्तिको आखा, कान, काँध, खुट्टामा नशाजन्य समस्याले बढि पिरोल्ला । वृष राशिको नारीले बिबाह गर्दा वृश्चिक र कुम्भ राशि सँग गर्दा भावी जीवन सुखमय हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !