२४ बैशाख २०८१, सोमबार

मानिसको शरीरको कुन अंग फुर्फुराए के फल हुन्छ ?


अंग फरफराउँदा

हिन्दू धर्मशास्त्र अनुसार मानिसको शरीरका विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील भएकोले भविष्यमा हुने घटनाप्रति पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिने विश्वास रहँदै आएको छ ।

समुन्द्र शास्त्र वैदिक ज्ञानको एक हाँगा हो जसमा मानिसको अनुहार, तेज एवं शरीरको पूर्ण विश्लेषणात्मक अध्ययन गरिन्छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ ।

शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । समुन्द्र शास्त्र अनुसार मानिसको शरीरको कुन अंग फुर्फुराए के फल हुन्छ ? भन्ने बारेमा तल चर्चा गरिएको छ :

१. चिउडो – स्त्री सुख प्राप्त र धनलाभ
२. निधार – भौतिक सुख भोग
३. कानको – इच्छाहरू पूर्ण
४. दाहिने आँखाको आँखीभौ – इच्छा पूर्ण
५. बायाँ आँखा र आँखीभौ – शुभ समाचार प्राप्त
६. दाहिने आँखा – शारीरिक कष्ट
७. दुवै गाला – धन प्राप्त
८. ओठ – प्रियजनको आगमन
९. मुख – छोराबाट शुभ समाचार प्राप्त
१०. दाहिने काँध – धन सम्पत्ति प्राप्त
११. बायाँ काँध – सफलता प्राप्त
१२. दुवै काँध – झगडाको सम्भावना
१३. हात – कुनै विपत्तिमा फसिने
१४. हातको औला – साथीहरूसँग भेट
१५. ढाड – केही विपदको सम्भावना
१६. छाती – साथीसँग भेट, धन प्राप्त
१७. मुटुको उपल्लो भाग – झगडा हुने सम्भावना
१८. दाहिने खुट्टा – कठिनाईको सामना गर्नुपर्ने
१९. बायाँ खुट्टा – कतै यात्रा गर्ने सम्भावना
२०. निधार फर्फराएमा – स्थानवृद्धि
२१. मस्तक फर्फराएमा – पृथ्वीलाभ
२२. आँखाको भृकृटी – प्रियदर्शन
२३. आँखाका कुना – धनलाभ
२४. घाँटी – राजाले मनपराउने
२५. तल्लो ओठ – मिष्ठान्न भोजन
२६. काँध -भोगवृद्धि
२७. पाखुरा – मित्रभेट
२८. जङ्घा – विषय प्राप्त हुने
२९. तिघ्रा – शत्रुसँग भेट
३०. पाउ – मान्यता प्राप्ति
३१. पैताला – यात्रा गमन
३२. घुँडा – बल बढ्ने वृद्धि
३३. कुम – इज्जत प्राप्त
३४. स्तन – मनले चिताएको पुग्ने
३५. कम्मर – बल बढ्ने
@संकलित

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !