११ आश्विन २०८१, शुक्रबार

‘केमद्रुम योग’ के हो ? यसको फल के हुन्छ त ?


केमद्रुम योग

ज्योतिषशास्त्र मुताबिक ‘केमद्रुम योग’ तपाईँको राशी अनुसार निर्माण हुने एउटा महत्त्वपूर्ण योग हो । तपाईँलाई थाहा छ हामी चन्द्रमाको गतिका आधारमा नक्षत्र चक्रमा निर्धारित आद्यक्षरका आधारमा नामाकरण गर्दछौँ र यसैका आधारमा राशी निर्धारित हुने गर्दछ ।

व्यक्तिको राशीकुण्डलीमा चन्द्रमा बसेको राशीलाई पहिलो घर (लग्न) मा स्थापना गर्ने गरिन्छ । ‘वृहज्जातक’ नामक प्रसिद्ध ज्योतिष ग्रन्थमा चन्द्रकुण्डलीको द्वितीय र द्वादश भावमा कुनै ग्रह नरहँदा केमद्रुम योगको सिर्जना हुन्छ ।

केमद्रुम योग त्यत्ति अनिष्टकारी हुँदैन जति अनिष्टकारी भनेर ज्योतिषीहरूले चर्चा परिचर्चा गरेको पाइन्छ । यस योगले नकारात्मक फलमात्र प्रदान गर्दछ भन्ने होइन, यसको सकारात्मक पक्षका रूपमा जातकले प्राप्त गर्ने जुझारुपना, सङ्घर्ष गर्नसक्ने क्षमता र सामर्थ्यलाई लिन सकिन्छ ।

जातकले जुझारुपना, सङ्घर्ष गर्नसक्ने क्षमता र सामर्थ्य जस्ता विशेषता अपनाउँदा आफ्नो भाग्य निर्माण गर्ने सक्षमता प्राप्त गर्न सक्छ र समस्त बाधा र अड्चनहरूसँग पौंठाजोरी गर्दै समयलाई आफ्नो मुठ्ठीमा अड्याउन सक्दछ । के हो त केमद्रुम योग ? यसबारेमा तल चर्चा गरिएको छ ।

१. केमद्रुम योगमा उत्पन्न भएको व्यक्तिले जीवनमा कुनै न कुनै अवस्थामा दरिद्रताको स्थितिमा गुज्रनु पर्छ र जीवन सङ्घर्षमा होमिनि पर्छ । उसले दैनिकी चलाउन पनि नसक्ने अवस्था आउँछ ।

२. ऊ अशिक्षित वा अल्पशिक्षित, निर्धन र मूर्ख पनि हुनसक्छ । उसले वैवाहिक जीवन र सन्तति पक्षको समुचित सुख पनि प्राप्त गर्न सक्दैन । उसको जीवनको अधिकांश समय घरभन्दा बाहिर र टाढा व्यतीत हुन्छ । उसले आफुले सुख् उपभोग गर्न त पाउंदैन नै साथै परिवारका सदस्यहरूले पनि उसबाट सन्तुष्टि पाउन सक्दैनन् ।

३. ऊ निरर्थक र व्यर्थ सम्भाषणमा समय यापन गर्दछ । यदाकदा उसको स्वभावमा नीचताका प्रवृत्ति र भाव पनि देखा पर्दछ । केमद्रुम योगमा जन्‍म हुने व्‍यक्तिले निर्धनता र दुःख भोग्नुपर्छ । आर्थिक दृष्टिले ऊ कमजोर हुन्छ । आजिविका चलाउँदा चलाउँदै उसको जीवन बित्छ ।

४. मानसिक रूपमा पनि ऊ असन्तुष्ट हुन्छ र सँधैसँधै भौताँरिइ रहनु पर्ने स्थिति हुन्छ। उसले अर्काको भर परेर जीवन धान्नु पर्ने हुन्छ । पारिवारिक सुखमा कमी हुनुका साथै सन्तति पक्षबाट पनि उसले बाधा ब्यहोर्नु पर्ने हुन्छ। तर यस्ता जातकको आयु भने लामो हुन्छ ।

६. सामान्यतया ‘केमद्रुम योग’ हुने मानिसले सङ्घर्ष र अभावग्रस्त जीवन बाँच्नु पर्ने हुन्छ । त्यसिले ज्योतिषीहरू यस्तो अवस्थालाई दुर्भाग्यसूचक मान्दछन्। तर यस अवधारणामा पूर्ण सत्यता छैन । ‘केमद्रुम योग’ कुण्डलीमा हुँदाहुँदै पनि व्यक्तिले आफ्नो कार्यक्षेत्रमा पूर्ण सफलता प्राप्त गर्नुका साथै सामाजिक यश र प्रतिष्ठा पनि प्राप्त गर्दछन् ।

७. अधिकांश विद्वानहरू यस योगको नकारात्मक पक्षको चर्चा गर्दछन्, तर ज्योतिषमा त्यस्ता विशेष योग पनि हुन्छन्, जसले यस योगको खराब पक्षलाई परिवर्तित गरेर राजयोगसरह योगको सिर्जना गर्नसक्छन् । त्यसैले कुनै पनि व्यक्तिको कुण्डलीलाई अध्ययन गर्दा केमद्रुम योगको सम्भावना देखिएमा यस योगलाई भङ्ग गर्ने अवस्था छ छैन विचार गरेर मात्र फलादेश गर्नु राम्रो हुन्छ । (विभिन्न पत्रपत्रिका र अनलाइनवाट संकलित) 

शुभ दिन !

ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०

धन्यवाद !

यो पनि पढ्नुहोस्

यस्तो छ हेर्नुहोस् उत्तराफाल्गुनी नक्षत्रको जन्मफल

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !