असार, साउन लागेपछि भ्यागुताका आवाजहरु खेतका आली र सिमसारको कुवाहरुमा सुन्न पाईन्छ । अझ भनौं वर्षायाम शुरु भएपछि भ्यागुताहरु बाहिर निस्किन थाल्छन् । हरेक किरा-फट्यांग्रादेखि लिएर बिषालु जीवहरु यो समयमा बाहिर निस्किने गर्दछन् । एक हिसाबले हेर्ने हो भने त यी वेला यस्ता जीवहरु मौसम परिवर्तनका कारण तातोले निस्किने गर्दछन् । अर्को हिसाबले हेर्ने हो भने यो समय यिनीहरुका लागी बाहिर निस्किने अनुकुल समय पनि हो ।
नेपाली राजनीति जगत र भ्यागुताको समाजशास्त्रलाई हेर्ने हो भने धेरै कुराहरुको समानता देख्न सकिन्छ । अहिले नेपाली राजनीतिको परिवेशलाई बुझ्नको लागि भ्यागुताको उदाहारण लिन सकिन्छ । वि.स. २००७ मा १०४ वर्षीय जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भयो । तत्पश्चात नेपाली राजनीतिले एउटा नयाँ मोड लियो । त्यो भन्दा अगाडी नेपाली कांग्रेसको स्थापना वि.स. २००४ सालमा भएतापनि त्यसले एक तन्त्रीय शासनको खिलापमा नयाँ राजनैतिक नेतृत्व भने गर्न सकेको थिएन । तथापि १०४ वर्षीय जहानिया राणा शासनको अन्त्य हुनुको मुख्य आशय भने तत्कालिन नेपाली कांग्रेसका संस्थापक बि.पी कोईरालालाई नै जाने गर्दछ । २००६ सालमा पुष्पलाल श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिसकेका थिए । प्रजातन्त्रपछि जनाताले एक हिसाबमा स्वतन्त्रताको सास फेर्ने मौका पाएतापनि बिभिन्न राजनीतिक घटनाक्रम र राजतन्त्रले भने देशमा राम्रो निकास र बिकास पाउन सकेन् ।
नेपाली राजनीति जगत र भ्यागुताको समाजशास्त्रलाई हेर्ने हो भने धेरै कुराहरुको समानता देख्न सकिन्छ । अहिले नेपाली राजनीतिको परिवेशलाई बुझ्नको लागि भ्यागुताको उदाहारण लिन सकिन्छ ।
वि.स.२०४६ सालको पहिलो जन अन्दोलन र १० वर्षे जनयुद्धलाई राजनैतिक परिवर्तनको मुख्य ईतिहासको रुपमा लिन सकिन्छ । जसले गर्दा २०६२/२०६३ सालको दोस्रो जनान्दोलनले राजतन्त्रको अन्त्य गरी पूर्ण रुपमा गणतन्त्रले मुर्त रुप लिएको हो । तत्कालीन बिद्रोही माओबादी र सरकारको वीचमा १२ बुद्दे सहमति भएर वि.स. २०६४ सालमा निर्बाचन भयो । माओबादीले उक्त चुनावमा पहिलो स्थान हासिल गरि तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने ।
नेपाली जनता एक हिसाबले धेरै खुशी भएका थिए किनकी १० वर्षे सशस्त्र माओबादी जनयुद्धले विश्राम पायो, अव देशमा शान्ति हुन्छ अनि देश विकास हुन्छ भनेर । माओबादी जनयुद्ध एउटा राजनैतिक संघर्ष भएकोले जातीय, धार्मिक, शैक्षिक र वर्गीय संघर्षलाई मुख्य एजेण्डाको रुपमा लिएको थियो । तर १७ हजार शहिदहरुको रगत र पसिनाबाट आएको गणतन्त्र र तत्कालिन सरकारले जनताको इच्छा र आकांक्षा अनुसारको प्रतिफल दिन सकेन् । त्यसपछिको डेढ दशक राजनैतिक अस्थिरता निरन्तर चलिरह्यो । ठुला पार्टीहरु फुटेर साना-तिना पार्टीहरुको स्थापना भए । जहाँ व्यक्तिगत स्वार्थ र भागबण्डाका कारण दलहरु फुट्ने र जन्मिने कार्य निरन्तर हालसम्म चलिरहेको छ ।
१७ हजार शहिदहरुको रगत र पसिनाबाट आएको गणतन्त्र र तत्कालिन सरकारले जनताको इच्छा र आकांक्षा अनुसारको प्रतिफल दिन सकेन् ।
वि.स. २०७० मा दोस्रो संबिधान सभाको चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो । तत्कालीन पार्टी सभापति शुशील कोईराला देशको ३७ औं प्रधानमन्त्री बने । निरन्तर राजनीतिक अस्थिरताका बाबजुद वि.स. २०७४ सालमा स्थानीय तहको चुनाव भयो । तत्पश्चात तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले वाम गठवन्धन गरे । फलस्वरुप दुई पार्टी बीच पार्टी एकता भयो । अहिले देशमा नेकपाको दुई तिहाईको सरकार छ । जनताले बहुमत प्राप्त दुई तिहाको सरकारबाट धेरै अपेक्षा र भरोसा गरेका थिए । तर त्यसो हुन सकिरहेको छैन । हाल नेकपाभित्र थुप्रै असन्तुष्टिका चांगहरु थुप्रिएका छन् । जसले पार्टीभित्र मात्र नभएर सरकारलाई पनि पूर्ण रुपमा प्रभाव परेको देखिन्छ । कम्युनिष्ट सिद्दान्त अनुसार पार्टीले सरकार चालाउनुपर्ने हो तर पार्टीभित्र नै समस्या र असन्तुष्टि चुलिएको देखिन्छ ।
ठुला पार्टीहरु फुटेर साना-तिना पार्टीहरुको स्थापना भए । जहाँ व्यक्तिगत स्वार्थ र भागबण्डाका कारण दलहरु फुट्ने र जन्मिने कार्य निरन्तर हालसम्म चलिरहेको छ ।
जनताले दुई तिहाइको सरकार भएतापनि स्थिर भएर काम गर्न नसकेको आरोपहरु लागिरहेको छ । निर्मला पन्तको हत्या, सुनकाण्ड, वाईडबडी प्रकरण, र वालुवाटार जग्गा प्रकरणमा सरकारले निष्पक्ष छानबिन गर्न नसकेको आरोप छ । साथै पार्टीका उच्च स्तरीय नेताहरुकै संलग्न भएको हुनसक्ने कतिपय राजनीतिक विश्लेषकहरुले आशंका गरेका छन् । वालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका थिए । तर सरकारले अझै पूर्ण रुपमा छानबिन भने गर्न सकेको छैन । यसरी निरन्तर सरकार असफल भईरहदा हाल कोरोना भाइरसको महामारी विश्वभरी नै छ । यहि समयमा सरकारले विभिन्न आलोचनाहरु खेपिरहेको छ । निबर्तमान संचारमन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितता प्रकरण, टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसंग मागेको स्पष्टीकरण, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको बारेमा दिएको अभिव्यक्तिले जनता र प्रतिपक्ष लगायत अन्य दलहरु असन्तुष्ट छन् । कार्यकर्ता भने सरकारको बचाउमा वर्षा याममा बाहिर निस्केका भ्यागुता जस्ता कराई रहेका छन् । सरकारको गलत निर्णय र कार्यप्रति कार्यकर्ताको खवरदारी गर्ने जिम्मेवारी हुन्छ कि हुदैन । यहाँ गम्भीर प्रश्नचिन्ह खडा भएको देखिन्छ ।
कम्युनिष्ट सिद्दान्त अनुसार पार्टीले सरकार चालाउनुपर्ने हो तर पार्टीभित्र नै समस्या र असन्तुष्टि चुलिएको देखिन्छ ।
अहिले तत्काल सरकार र पार्टी विवाद चुलिनु र आलोचित हुनुको अर्को मुख्य कारण पार्टी विभाजन गर्न ल्याएको अध्यादेश र संसद अपहरण आरोप प्रकरण हो । अध्यादेश फिर्ता भई सकेतापनि पार्टीभित्र शिर्ष नेताहरुको विवाद भने टुंगिएको छैन । प्रतिपक्षमा तथा अन्य दलहरुले पनि नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मतहरु आईरहेका छन् । भ्यागुताले असार साउनमा आफु हुनुको अस्तित्व जोगाउने गर्दछ किनकी अन्य समयमा भ्यागुता बाहिर निस्किदैन र कराउदैन पनि अहिले हाल नेकपाभित्र पनि त्यस्तै बेमौसमी बाजा बजिरहेको देखिन्छ । देश अहिले कोरोना माहामारीका कारण आक्रान्त छ । जसले दैनिक ज्यालादारी गर्ने कामदार र अर्थतन्त्रमा धेरै प्रभाब पारेको देखिन्छ ।
कार्यकर्ता भने सरकारको बचाउमा वर्षा याममा बाहिर निस्केका भ्यागुता जस्ता कराई रहेका छन् । सरकारको गलत निर्णय र कार्यप्रति कार्यकर्ताको खवरदारी गर्ने जिम्मेवारी हुन्छ कि हुदैन । यहाँ गम्भीर प्रश्नचिन्ह खडा भएको देखिन्छ ।
भ्यागुताले मौसम अनुकुल बाहिर निस्किनु र पार्टीभित्र कुर्सी र पदको लागि यो अवसरलाई लिनु उस्तै उदाहरणको रुपमा लिन सकिन्छ । प्रधानमन्त्री केपी शर्माओलीको हाल स्वास्थ्य अबस्था पनि ठिक छैन । तथापि उनी पदको लालचमा भने निकै लालायित भएको देख्न सकिन्छ । तर पनि यो संकटको समयमा आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग्नु एकदम गलत कदम हो । अधिकांश पत्रकारहरु, थिंक ट्यांकहरु, बौद्धिक व्यक्तित्वहरु, राजनीतिक विश्लेषकहरु, नागरिक समाजका अगुवाहरु तथा संबिधानविद्हरुले समेत यस्तो संकटको समयमा नेकपा पार्टी भित्रका अन्य गुटका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफु स्वयम् पतनको बाटो र आफ्नो पार्टीको पतनको ढोका खुल्न शुरु गरेको विश्लेषण गरेका छन् ।
भ्यागुताले मौसम अनुकुल बाहिर निस्किनु र पार्टीभित्र कुर्सी र पदको लागि यो अवसरलाई लिनु उस्तै उदाहरणको रुपमा लिन सकिन्छ ।
पार्टीका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र अन्य स्थायी कमिटी सदस्यहरु भने प्रधानमन्त्रीले राजनीमा दिनुपर्ने वा स्थायी कमिटि बैठक बोलाएर पार्टीभित्र चुलिएको विवादलाई हटाउनपर्ने अभिव्यक्ति दिएका छन् । भ्यागुताहरुले पानीमा हजारौ संख्यामा अण्डाहरु पार्ने गर्दछन । तर त्यसलाई ब्यबस्थापन भने गर्दैन । हाल नेकपा भित्रपनि त्यस्तै अबस्था सिर्जना भएको छ । चुनौती र विवादले चरम उत्कर्ष लिएतापनि प्रधानमन्त्री ओलीले त्यसको समाधानको लागी आनाकानी गरेको देखिन्छ भने पार्टीका अन्य गुटका नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेर बेमौसमी बाजा बजाईरहेको देख्न सकिन्छ ।
अधिकांश पत्रकारहरु, थिंक ट्यांकहरु, बौद्धिक व्यक्तित्वहरु, राजनीतिक विश्लेषकहरु, नागरिक समाजका अगुवाहरु तथा संबिधानविद्हरुले समेत यस्तो संकटको समयमा नेकपा पार्टी भित्रका अन्य गुटका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफु स्वयम् पतनको बाटो र आफ्नो पार्टीको पतनको ढोका खुल्न शुरु गरेको विश्लेषण गरेका छन् ।
एउटा कुवा र आहालभित्र बसेका भ्यागुताहरुलाई वास्तविक संसार कति र कस्तो हुन्छ त्यो थाहा हुदैन । हाल सरकार र पार्टीका नेताहरु पनि त्यसरी नै गैरजिम्मेवार भएको देखिन्छ । कोरोना भाइरसको माहामारीमा जनताका वास्तविक समस्यालाई बुझ्न सकेका छैन । सत्ता र कुर्सीको लागि भ्यागुताले पानीमा जथाभावी अण्डा पारे जस्तो कहिले खुमलटार, कहिले भैसेपाटी र कोटेश्वरमा कोठे भेटघाट निरन्तर चलिरहेको छन् । यस्ता प्रदुषित होडबाजी गरेर के सुखी नेपाली, समृद्ध नेपाल भन्ने प्रधानमन्त्रीको नाराले मुर्त रुप पाउला त ? भ्यागुता असारमा बाहिर निस्के झैँ नेताहरु चुनावको बेलामा मात्र जनताको घरदैलोमा गएर हुन्छ ? कहिलेसम्म यो चुनावी सभा र सपना बाँडीरहने जनतालाई ? यो प्रश्न प्रधानमन्त्री ओलीलाई मात्रै हैन, कार्यकारी अध्यक्ष प्रचण्ड लगायत अन्य पार्टी तथा नेताहरुलाई पनि हो ।
चुनौती र विवादले चरम उत्कर्ष लिएतापनि प्रधानमन्त्री ओलीले त्यसको समाधानको लागी आनाकानी गरेको देखिन्छ भने पार्टीका अन्य गुटका नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेर बेमौसमी बाजा बजाईरहेको देख्न सकिन्छ ।
भ्यागुताको कहिल्यै पनि धार्नी पुग्दैन भने झैँ नेपाली राजनीतिमा नेताहरुलाई पद र कुर्सीले कहिल्यै नअघाउने रोग लागेको छ । सधै कुर्सी र पदको लागि जनताको भोट दुरुपयोग भईरहेको छ । जनताले विकास र राजनीतिक स्थायित्वको लागि आफ्नो अमूल्य भोट जनप्रतिनिधिहरुलाई दिएका हुन् तर यो कुर्सीको होडबाजीलाई होइन । आम नेपाली जनताहरु अनवरत रुपमा विश्वमा भईरहेको सूचना ताथ प्रविधिको विकासले धेरै सचेत भई सकेका छन् । तर त्यो भोटको सदुपयोग भई रहेको देखिदैन । दुई तिहाईको सरकारले स्थायित्व र विकास दिन्छ भन्ने जनतामा आशाका किरणहरु छाएका थिए । दिनभरीको सन्देश बिहानीले दिन्छ भने झैँ पार्टीका नेताहरुको गतिविधिले नेपाली राजनीति र देशको विकासको संकेत राम्रो देखिएको छैन ।
सत्ता र कुर्सीको लागि भ्यागुताले पानीमा जथाभावी अण्डा पारे जस्तो कहिले खुमलटार, कहिले भैसेपाटी र कोटेश्वरमा कोठे भेटघाट निरन्तर चलिरहेको छन् ।
बहुमत सहितको सत्तारुढ नेकपाको सरकारले देशलाई बिकासको द्रुत गतिमा लैजाला भन्ने सपनामा मात्रै सिमित होला कि जस्तो मात्र देखिएको छ । देशमा स्थायित्व र दिगो विकासको लागि बहुमत र दुई तिहाईको सरकार भएर मात्र नहुने रहेछ भन्ने मान्यता फेरी नेपालमा स्थापित नहोस् भन्ने कामना मात्र गर्न सक्छन् आम नेपाली जनताले । पार्टीभित्रका सिद्दान्तलाई ब्यबहारमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । पार्टी कम्युनिष्ट सिद्दान्तको भएतापनि नेताहरु निरंकुशता, पदीय लोपमा लिप्त छन् ।
दुई तिहाईको सरकारले स्थायित्व र विकास दिन्छ भन्ने जनतामा आशाका किरणहरु छाएका थिए । दिनभरीको सन्देश बिहानीले दिन्छ भने झैँ पार्टीका नेताहरुको गतिविधिले नेपाली राजनीति र देशको विकासको संकेत राम्रो देखिएको छैन ।
तसर्थ जनताले चुनावमा पद र कुर्सीको लागि मात्र भोट दिएका होईनन । ५७ डिग्रीको खाडीको तातो घाममा बगाउने पसिना धानेको हाम्रो अर्थतन्त्रलाई नेपालमा नै रोजगारी सिर्जना गरी नयाँ तरिकाले युग परिवर्तन गर्नलाई हो । गरिबी, बेरोजगार, भ्रष्टाचार, अशिक्षा र स्वास्थ्य समस्या हटाएर दिगो विकास गर्नको लागि जनप्रतिनिधिलाई सरकारमा पठाएका हुन् । तसर्थ अबको भौतिक विकास र बैज्ञानिक समाजवादको लागि भ्यागुते राजनीतिको अन्त्य हुन आवश्यक छ । नत्र भने आम नेपाली राजनीतिक दलले हिजोका पन्चे जस्तो कोठरीमा बस्नुपर्ने स्थिति नआउला भन्न सकिदैन । सत्तारुढ दल नेकपाका नेताहरु लगायत सवै राजनीतिक पार्टीका नेताहरुलाई चेतना भया !
अबको भौतिक विकास र बैज्ञानिक समाजवादको लागि भ्यागुते राजनीतिको अन्त्य हुन आवश्यक छ । नत्र भने आम नेपाली राजनीतिक दलले हिजोका पन्चे जस्तो कोठरीमा बस्नुपर्ने स्थिति नआउला भन्न सकिदैन ।
*जीवन मगर यूवा पत्रकार हुन् । उनले राजनीतिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउदै आएका छन् ।