अघि पृथ्वीनारायण शाहले बिसे नगार्चीको सल्लाहबाट १२ हजार गोरखाको घरैपिच्छे १/१ रुपिँया उठाएर जनताको सहभागिताबाट १२ हजार रुपिँया पोको पारेर वनारस गई हातहतियार ल्याई नेपाल जितेका थिए ।
पृथ्वीनारायण शाहले अदालतको फिराद र दण्डकुण्डको रकम दरबारको ढुकुटिमा मिसाउँदैनथे । जोगी जालन्धर र फकिरहरुलाई धोती, रुमाल चढाइदिन्थे । पृथ्वीनारायण शाहले देशको रीतिथिति, धर्मकर्म र मान मर्यादा धानेका थिए । त्यसो भएर नै पृथ्वीनारायण शाहले यो नेपाल थाम्न सकेको हो ।
पृथ्वीनारायण शाहले बिसे नगार्चीको सल्लाहबाट १२ हजार गोरखाको घरैपिच्छे १/१ रुपिँया उठाएर जनताको सहभागिताबाट १२ हजार रुपिँया पोको पारेर वनारस गई हातहतियार ल्याई नेपाल जितेका थिए ।
यता जयप्रकाश मल्लले सेनाको खर्च धान्न नसकेर मन्दिरको सुनका गजूरहरु झिकेर त्यसलाई मासेर देवी देवताको मन्दिरको सुनको गजूरको रकम सिपाहीको पेटमा हाले । यसरी धर्म नाशेको हुँदा महत्वाकांक्षी भइकन पनि जयप्रकाश मल्लले राज्य थाम्न सकेनन् ।
पृथ्वीनारायण शाहले देशको रीतिथिति, धर्मकर्म र मान मर्यादा धानेका थिए । त्यसो भएर नै पृथ्वीनारायण शाहले यो नेपाल थाम्न सकेको हो ।
नेपालमा ६२ हरण, ६३ मरण भन्ने उखान बडो प्रचलित छ । भीमसेन थापा वनारसबाट फर्केपछि अहिलेको बाघदरबार भएको ठाउँमा घर बास जमाएर बसे ।त्यहाँ पृथ्वीनारायण शाहका भाइका छोराहरु लाटा बाबू साहेबको वारि र गोठको पायक परेको घर थियो । भीमसेन थापाले ती लाटा सोझाको घर जग्गा कब्जा गरेर त्यहाँ आफ्नो अड्डा जमाए । पश्चिमतिर लडाईँ खोलेर आफ्ना प्रतिपक्षी चौतारिता बम शाह, काजी अमरसिंह थापा आदिलाई लडाईँमा झोसिदिए ।
लडाइँको खर्च नपुग्दा वि. सं.१८६२ मा देवी देवताको गुठी हरण भयो, ब्राह्मणको कुशविर्ता हरण भयो, जोगी जालन्धर र लामाहरुका खान्की खुवा र विर्ता हरण भयो । धर्मकार्यका ती गुठीहरु सेनाको खान्कीमा दरिए ।
त्यसको पाप रणबहादुर शाहको थाप्लामा बजारियो र आफ्ना विमातृपट्टिका भाइ शेरबहादुर शाहबाट रणबहादुर शाह काटियो । तत्काल वालनरसिंह कुँवरले शेरबहादुर शाहलाई काट्दिए । भीमसेन थापालाई आफ्ना प्रतिपक्षीहरुको दमन गर्ने ठूलो मौका मिल्यो । काजी नरसिंह गुरुङ, काजी त्रिभुवन प्रधान आदि भारदारहरु काटिए । पाल्पाली राजा पृथ्वीपाल सेन काटियो । जेठी महारानी राजराजेश्वरी र माहिली महारानी सुवर्णप्रभालाई सती पठाइयो ।
रणबहादुर शाहको हत्यामा भीमसेन थापाको हात छ भनेर सल्यानबाट पृथ्वीनारायण शाहका छोरी हान्निएर काठमाण्डौँ आए तर तिनलाई काठमाण्डौ छिर्न दिइएन । बीच बाटैमा विलाशकुमारीलाई बन्दी बनाइयो ।
बालक राजा गीर्वाणयुद्ध वीर विक्रम शाहलाई काखिमा च्यापेर भीमसेन थापा हर्ताकर्ता बने । हुन त त्यसबेला नेपालले पश्चिमतिर सतलजसम्म साँध लगाएर केदारनाथ जस्तो पवित्र भूमिलाई आफ्नो सरहद भित्र पार्न सकेको थियो तर मुख्तियार भीमसेन थापाको अवसान राम्रो भएन । विष मुद्दा लागेर बन्दी बनाइएका भीमसेन थापाले घाँटी सेरेर आत्महत्या गर्नपर्यो । उनको लाशलाई घाँटिमा डोरोले बाँधेर कुकुरलाई जस्तरी बाटोमा घिसारेर रमिता गरियो । भीमसेन थापाका छोरा पनि थिएन । भीमसेन थापाको अवसान पछि उनको पालामा दिइएका विर्ता वितलपहरु सबै हरण गरिए ।
बालक राजा गीर्वाणयुद्ध वीर विक्रम शाहलाई काखिमा च्यापेर भीमसेन थापा हर्ताकर्ता बने । विष मुद्दा लागेर बन्दी बनाइएका भीमसेन थापाले घाँटी सेरेर आत्महत्या गर्नपर्यो ।
पृथ्वीनारायण शाहले आफ्ना सेनापति शिवरामसिंह बस्नेतका छोरालाई केलटोलको तिलङ्गा भवन बकस दिएका थिए । उक्त घर जयप्रकाश मल्लका पुरोहित्को थियो । यसरी पुरेत बाहुनको लुटिएको घरमा बसेको हुँदा पृथ्वीनारायण शाहको समयपछि नेपालको इतिहासमा बस्नेतहरु चम्कन सकेनन् । पृथ्वीनारायण शाहबाट बकस पाएको यस्तो एतिहासिक तिलङ्गा भवन अहिले शिवरामसिंह बस्नेतका सन्तानले बेचिसकेको छ । अब जति मूल्य परेपनि नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको उक्त तिलिङ्गा भवन किनेर आफ्नो मातहतमा राख्नुपर्छ ।
प्रुथ्वीनारायण शाहले अर्का सेनापति रामक्रुष्ण कुँवरलाई इन्द्रचोकमा एउटा घर बकस दिएका थिए तर रामकृष्ण कुँवर उक्त लुटिएको घरमा बस्न गएनन् । बकस नलिएर राजाको अपमान पनि गरेनन् । रामकृष्ण कुँवरले त्यो घर बेचेर त्यसको रकमबाट गुह्येश्वरीदेखि पशुपतिसम्मको बाटो चक्ल्याएर त्यसमा ढुङ्गा छापिदिए । मृगस्थलीमा आफ्नो नामबाट रामकृष्णेश्वर शिवालय स्थापना गरे ।
रामक्रुष्ण कुँवरले गरेको उक्त पुण्यको फलले गर्दा उनका नाति वीरनरसिंह कुँवर नेपालको इतिहासमा जङ्गबहादुर राणाका नामबाट स्थापित भए । सुगौली सन्धिमा गुमेको नेपालको भूभाग बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता ल्याएर सीमानामा जङ्गे पिलर खडा गराए । तिब्बतलाई वार्षिक रु. १०००० सिर्तो तिराए । बेलायतलाई दङ ख्वाए ।
रामक्रुष्ण कुँवर कै पुण्य कर्मले गर्दा कुँवरहरु खसबाट राणाजी भए । पाँच सरकारसंग विहेवारी चलाउन सक्ने भयो । त्यसैको पुण्यले नेपालमा १०४ वर्षसम्म राणा शासन चल्न सक्यो । त्यसकारण हामीले इतिहासबाट पाठ सिक्न सक्नुपर्छ ।
।। पापेन पापं भवति । पुण्येन पुण्यं भवति ।।
पापेन पापं भवति । पुण्येन पुण्यं भवति ।।
यो नैतिक शिक्षा लिन सक्नुपर्छ ।
यो साल२०७६/२०७७ मा कोरोना भाइरसको कारणले गर्दा हुँदो कुरा नहुँदो भयो । नहुँदो कुरा हुँदो भयो ।
काठमाण्डौको करुणामय सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकियो । विश्वविजय, विश्वशान्ति र नयाँ विश्वको सृजनाका लागि आयोजना गरिने भक्तपुरको बिस्केटजात्रा रोकियो । ललितपुरको आर्यावलोकितेश्वर रातो मच्छेन्द्रनाथको रथयात्रा रोकियो । चैते दशैँमा शाक्तपीठ र कोटहरुमा राम्ररी पूजा गर्न पाइएन । कतिपय चैत, जाँत, तीर्थव्रत र मेलापर्वहरु रोकिए ।
त्यसकारण इतिहासबाट राम्ररी पाठ सिकेर कोरोना भाइरस शान्त भएपछि उपयुक्त अवसर पारेर तत तत स्थानहरुमा यथोक्त विधिले क्षमापूजा र शान्तिपूजा गर्न नितान्त आवश्यक छ । यसो गरेपछि कुल पितृ, देवी द्यौराली, अयँर भयँर, नाग नागिनी, सिमे भूमे आकाश पाताल, धर्ती सबै जल थल प्रकृति खुशी हुनेछन् । नेपालको धर्म जोगिने छ । संस्कृति अडिने छ । अनि बल्ल नेपाल समृद्ध राज्य हुनेछ र नेपालीहरु सुखी जनता बन्न पाउनेछन् ।
इतिहासबाट राम्ररी पाठ सिकेर कोरोना भाइरस शान्त भएपछि उपयुक्त अवसर पारेर तत तत स्थानहरुमा यथोक्त विधिले क्षमापूजा र शान्तिपूजा गर्न नितान्त आवश्यक छ ।
।। तथास्तु ।। त्यस्तै होओस् ।।
ॐ स्वस्ति प्रजाभ्य: परिपालयन्तां न्याय्येन मार्गेण महीं महिशा: ।
गोब्राह्मणेभ्य: शुभमस्तु नित्यं लोका: समस्ता: सुखिनो भवन्तु ।।
।।शुभम्।।
*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या