२०७२ साल बैशाख १२ गतेको दिनलाई कहिले पनि बिर्सिने छैन । जुन दिन सारा नेपालीहरुको खुसि लुटिएको थियो, सारा नेपाली जनताहरुको परिवार तहसनहस भएको थियो । कतिले आफ्नो बालबच्चा गुमाए भने कतिले आफ्नो बुवा-आमा गुमाए कतिले आफ्नो श्रीमान-श्रीमती गुमाए कतिले आफन्त गुमाए । कतिले आफ्नो ज्यानै गुमाए । जुन दिन कहालीलाग्दो महामारी भूकम्प आएको थियो ।
सम्झिदा पनि आशुँ आउँछ । सारा नेपालीहरुको सबैभन्दा दु:खको दिन भनेकै २०७२ साल बैशाख १२ गते हो । कति आमाको काख रित्तिए । कयौं छोरा छोरीहरु टुहुरो भए । आज ५ वर्ष पुरा भएछ सम्झिंदा हिजो जस्तो लाग्छ । दिन बितेको पत्तो नै पाएन । तर जसले आफ्नो वुवा-आमा, श्रीमान-श्रीमती र आफन्त गुमाएका छन् । उनीहरुको लागि भने यो ५ वर्ष धेरै कठिनाईका साथ बितेको हुन सक्छ । तर उनीहरुलाई मात्र नभई सारा नेपालीहरुलाई पनि यो दिन त अबसे मुटु झस्किएर आउँछ ।
भुकम्पको बेला मानव जातिको भावबिहोल देख्दा लाथ्यो जिबन के नै रहेछ ? बाचुन्जेल एक आपसमा साथ सहयोग गरेर सबैसँग हासी खुशी मिलेर बिताउनु पर्ने रहेछ । मानस पटलमा यो मनलाई झस्काई रहन्छ । हामी महामारीको रुपमा गोर्खा केन्द्रबिन्दु भएको भूकम्पको ५ औँ वार्षिक संघारमा छौं । जुन महामारी भूकम्पले नेपालमा कतिसम्म क्षति पुर्याएको छ भन्ने कुरा सबैलाई थाहा छ । मानवीय देखि आर्थिक, सामाजिक र शिक्षा क्षेत्रमा पनि भौतिक क्षेत्रमा पनि त्यतिकै क्षति पुर्याएको थियो ।
उक्त भूकम्पले गर्दा शिक्षा क्षेत्रमा भएको क्षति र नेपाली जनतामा पुर्याएको क्षेती आज ५ वर्ष पुरा भइसक्दा पनि सरकारले पुनःनिर्माण गरेका छैनन् । कति नेपालीहरुको घर भत्किए त्यो समयमा कति नेपालीहरु तिर्पल मुनि दिन रात बिताए कतिले एक छाक पनि खान, बस्नसमेत पाएनन् । कतिको घर भत्किएपछि वर्षाको पानीमा रुझ्दै रात बिताए ।
त्यतिमात्र नभई सरकारले भूकम्प पिडितहरुको घर बनाइ दिन्छु भनेको पनि आज ५ वर्ष पुरा भइसकको छ । तर त्यो सरकारको बचन आजसम्म पुरा भएको छैन । कति गरिवहरु अहिले पनि टहरामा बसिरहेका छन् । तिर्पलको साहारामा बिताईरहेका छन् । तर सरकारले सबै भूकम्प पिडितहरुको घर पुनःनिर्माण गरिसकेको छैन । सरकार भने पुनःनिर्माणका कामहरु अन्तिम चरणमा पुगिसकेको बताउँदै आएको छ । तर काम भने धेरै अधुरै देखिन्छ ।
विशेषगरी त्यो समयमा पराई भूमिमा काम गरि रहनु परे पनि त्यो भुकम्पको पिडा सहेर बस्न सकेनौ हामी पनि प्रदेशमा हरेक कोणबाट कसरी नेपाल र नेपालीलाई सहयोग गर्न सकिन्छ भन्ने मात्र मनमा कुरा खेली रहन्थ्यो । त्यहि बेला कुवेतमा रहेको बिभिन्न संघसस्थाहरु बुद्धिजीवी नेपाली समुदाय र नेपाल एम्बेस्सीसँग बसेर नेपाल र नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्यौ छलफलको अन्तिम निचोट निस्कियो । नेपाल एम्बेस्सी कुवेतको मातहतमा रहेर सहयोग संकलन गरि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय पारित गरि हामी कुवेतमा रहेका विभिन्न संघसंस्थाका बुद्धिजीवी सर्वसाधारण सहयोग संकलन तिर लाग्यौ । प्राय जसो सबै नेपालिहरुले सहयोग गरे कतिपय बिदेशी नागरिकले पनि सहयोग गरेका थिए । हामी सहयोग संकलन गर्दै एम्बेस्सीमा पैसा जम्मा गर्दै गयौ त्यही अनुसार एम्बेस्सीले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दै गएको सुचना हामीलाई दिन्थ्यो । हामी फेरी रुदै कराउदै सहयोग संकलन गर्नु तर्फ लाग्थ्यौं ।
लाग्थ्यो त्यो बेला सहयोग संकलन गरेको क्षण सम्झदा मेरो घर भूकम्पले भत्काएर बस्ने बास खाने खर्च छैन । हामी सहयोग संकलन गर्न लागी परेको याद आउछ । सहयोगको अन्तिम चरणसम्म पुग्दा हामी सबैले सहयोग संकलन गरेको रकम करिब करिब दुई करोडको हाराहारी सहयोग संकलन गरेर नेपाल एम्बेस्सी कुवेत मार्फत प्रधानमन्त्री राहत कोषमा पठायौं । तर खै भुकम्प गएको पनि ५ बर्ष भएछ । तर २०७६ सालको अन्तिम तिर घर जाँदा पनि हाम्रो गाउँघर तिर भुकम्पले भत्काएको घरको अन्तिम किस्ता लिनै बाँकी छ भन्दै थिए भुकम्प पीडितहरु । नेपाल बस्ने साथीहरू नेता जनप्रतिनिधिहरुले भन्नु हुन्छ, तपाईहरु परदेशमा गएर टन्न पैसा कमाउने अनि हामिलाई गरेनौं गाउँ बसेर भन्ने भन्नु हुन्छ ? तर म उनीहरुलाई भन्ने गर्छु, हामी परदेशमै बसेर पनि आफ्नो ठाउँबाट सरकार र आफ्नो जन्म भुमिलाई आफुले सकेको साथ र सहयोग गरि रहेका छौं । चाहे त्यो प्रत्यक्ष रुपमा होस चाहे त्यो अप्रत्यक्ष रुपमा होस ।
निष्कर्ष
सरकारले महामारीको रुपमा आएको भूकम्पले पुर्याएको क्षतिमा अझै ध्यान दिन जरुरि छ । अझैपनि कति नेपालीहरु त्यहि झुपडीमा रात बिताइरहेका छन् । कतिले तिर्पलको साहारामा रात बिताइरहेका छन् । कति नेपालीहरु सरकारले घर पुनःनिर्माण गर्दिन्छ की भन्दै आश गरिरहेका छन् । त्यो आशामा बसेका ती दुखि पिडितहरुको पिडा छ । कहिले सरकारले घर पुनःनिर्माण गरिदिन्छ ? तर सरकारले त्यो कुरालाई त्यति ध्यान दिएको देखिदैन । त्यसैले गर्दा सरकारले चाडोभन्दा चाडो बाकी रहेका पुनःनिर्माणका कामहरु सम्पन्न गर्ने तिर ध्यान दिनपर्छ । भूकम्प दिपितहरुको आखाको आशु अब पुछिदिने तिर ध्यान दिनुपर्छ । सरकारमा रहेका राजनीतिक दलका नेताहरु पार्टीलाई फुटाउने र गुट जुटाउने तिर लाग्नुभन्दा पहिला देश र जनताको हक, हितको लागि काम गर्नुपर्छ ।
विशेषगरी पछिल्लोसमय चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संकटमा नेपाल सकारले कोरोना रोकथाममा ध्यान दिनुपर्दछ । सयौं नेपालीहरु पराइभूमिमा रहेका छन् । उनीहरु पनि यो महामारीको समयमा आफ्नो देश फर्किन चाहेका छन् । यो विषयमा पनि सरकारले विशेष ध्यान दिनुपर्छ । फर्किन चाहेका नेपालीहरुलाई सरकारले फर्काउनको लागि विशेष पहल गर्नुपर्छ । तर यो समयमा पार्टी फुटाउने अध्यायदेश ल्याउँदै राष्ट्रपतिवाट पास गरि फेरी पुन: फिर्ता लिने काम जस्ता कार्यले गर्दा सरकारप्रति नेपाली जनताहरुको विश्वास दिनप्रतिदिन घट्दै गएको देखिन्छ । यो विश्वास अझैं नघटोस् भन्ने हो । तर सरकारको यस्तो कार्यले भने अबसे नेपाली जनताहरु खुसि हुँदैनन् र सरकार सफल हुँदैनन् ।