हिन्दू धर्मको आधार ग्रन्थहरु निम्न अनुसार छन् :
वेद : वेदका ६ भागहरू छन् ।
१. मन्त्रसंहिता, २. ब्रम्हाण ग्रन्थ, ३. आरण्यक, ४. सूत्रग्रन्थ, ५. प्रतिशाख्य, ६. अनुक्रमणी ।
वेद ४ छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।
यी वेदका ४ विभाजन हुन् । मूलतः वेद एक नै हो । यज्ञमा जम्मा १६ ऋत्विक् हुन्छन् । जसमध्ये चार मुख्य छन्ः होता, अध्वर्यु, उद्गाता र ब्रम्हा । ऋग्वेदको ऋत्विकलाई होता, यजुर्वेदको ऋत्विकलाई अध्वर्यु, सामवेदको ऋत्विकलाई उद्गाता र अथर्ववेदको ऋत्विकलाई ब्रम्हा भन्दछन् । यी क्रमैले चारैदिशामा बस्दछन् ।
ऋग्वेदको ऋत्विकलाई होता, यजुर्वेदको ऋत्विकलाई अध्वर्यु, सामवेदको ऋत्विकलाई उद्गाता र अथर्ववेदको ऋत्विकलाई ब्रम्हा भन्दछन् । यी क्रमैले चारैदिशामा बस्दछन् ।
१. मन्त्रसहिता
ऋषिहरूले आफ्ना शिष्यलाई सुविधा अनुसार मन्त्र पढाए । कसैले एउटा छन्दको सबै मन्त्र एकै साथ पढाए । दोस्रोले एउटा देवताको सबै मन्त्र साथ साथ पढाए, तेस्रोले मन्त्रलाई त्यसको विषय तथा उपयोगानुसार पढाए । यस प्रकार एउटै वेदको अनेक शाखाहरू मानिन्छन् । त्यस मध्ये “शाकल” शाखा शुद्ध रूपमा प्राप्त छ । यजुर्वेदका दुई प्रकारका पाठ छन् : शुक्ल यजुर्वेद तथा कृष्ण यजुर्वेद । शुक्ल यजुर्वेदको १५ तथा कृष्ण यजुर्वेदका ८६ शाखाहरू थिए । त्यसमा शुक्ल यजुर्वेदको “काण्व” तथा माध्यन्दिनीय शाखा प्राप्त छन् । कृष्ण यजुर्वेदको तैत्तिरीय, मैत्रायणी, कठ, कापिष्टिक तथा श्वेताश्वतर यी ५ शाखाहरू मिल्दछन् । सामवेदका १००० शाखाहरूका उल्लेख छन् तर तिनमा तीन मात्र प्राप्त छन् (१) कौथुम (२) जैमिनीय (३) राणायनीया र यसमा पनि कौथुमी र जैमिनीया शाखा मात्र पूर्णरूपमा पाईन्छन् । राणायनियाको पनि केही अंश मात्र प्राप्त छन् । अथर्ववेदका शाखा मध्ये पैप्पलादि तथा शौनकीया शाखा मात्र शुद्ध रूपमा पाइन्छन् ।
२. ब्रम्हाण ग्रन्थ
वेदमन्त्रहरू यज्ञमा कसरी उपयोग हुन्छन् भन्ने कुरा ब्रम्हाण ग्रन्थमा बताइएका छन् । यस समय प्राप्त ब्रम्हाण ग्रन्थहरूका विवरण यस प्रकार छन् : ऋग्वेदको ऐतरेय ब्रम्हाण र सांख्याय ब्रम्हाण – अथवा कौशीतकी ब्रारूण) । कृष्ण यजुर्वेदको तैत्तरीय ब्रम्हाण तथा तैत्तरीय संहिताको मध्यवर्ती ब्रम्हाण । शुक्ल यजुर्वेदको शतपथ ब्रम्हाण । यी पनि दुई प्रकारका छन् : काण्ड शाखावाला १७ काण्डको र माध्यन्दिनीय शाखा १४ काण्डका छन् । सामवेदको ब्रम्हाण ग्रन्थहरू ताण्ड ब्रम्हाण, षडर्विश, सामविद्यान ब्रम्हाण, आर्षेय ब्रम्हाण, मन्त्र ब्रम्हाण, दैवताध्याय ब्रम्हाण, वंश ब्रम्हाण, संहितोपनिषद ब्रम्हाण, जैमिनीय ब्रम्हाण, जैमिनीय उपनिषद ब्रम्हाण। अथर्ववेदको गोपथ ब्रम्हाण ।
३. आरण्यक र उपनिषद
ब्रम्हाण ग्रन्थका जुन जुन भागहरू वनमा पढ्न योग्य छन् तिनलाई आरण्यक भन्दछन् । यस समय लगभग २७५ उपनिषदहरू प्राप्य छन् । तैपनि तेî उपनिषद नै मुख्य मानिन्छन्, जसमाथि आचार्यहरूले भाष्य लेखेका छन् । ती यस प्रकारका छन् : (१) ईश, (२) केन, (३) कठ, (४) प्रश्र, (५) मुण्डक, (६) माण्डुक्य, (७) तैत्तिरीय, (८) ऐतरेय, (९) छान्दोग्य, (१०) बृहदारण्यक, (११) कौशीतकी, (१२) मैत्रायणी, (१३) श्वेताश्वतर । यीनमा “ईश” यजुर्वेदको मूल संहितामा नै पर्दछ ।
४. सूत्र ग्रन्थ
वेदका सूत्र भागहरू तीन प्रकारका छन् (१) श्रौत सूत्र (२) गृह सूत्र (३) धर्म सूत्र । श्रौतसूत्रमा कल्प नामक वेदाड्डको कर्मकाण्ड सम्बन्धी अध्यायलाई स्पस्ट गरिएको छ । यस समय उपलब्ध श्रौतसूत्र निम्न छन् । ऋग्वेदको (१) आश्वलायन श्रौतसूत्र (२) शांख्यायन श्रौतसूत्र । कृष्ण यजुर्वेदको (१) आपस्तम्ब श्रौतसूत्र (२) हिरण्यकेशीय (सैत्याषाढ) श्रौतसूत्र (३) बोधायन श्रौतसूत्र (४) भारद्वाज (५) बैखानस (६) वाधुल (७) मानव (८) वराह श्रौतसूत्र । शुक्ल यजुर्वेदको कात्यायन एकमात्र श्रौतसूत्र छ । सामवेदको मशक, लाहयान, द्राहयान तथा खादिर आदि श्रौतसूत्रहरू छन् । अथर्ववेदको वैतान (यज्ञ सम्वन्धी) श्रौतसूत्र पाइन्छ । ग्रिहायसूत्र र धर्मसूत्र यस प्रकार जसरी श्रौतसूत्र चारै वेदका छन् त्यसै गरी ग्रिहायसूत्र तथा धर्मसूत्र पनि चारै वेदका हुन्छन् । धर्मसूत्रमा धर्माचारको तथा ग्रिहायसूत्रमा वैदिक यज्ञादि र कर्मको विधानको वर्णन हुन्छ ।
५. प्रातिशाख्य
प्रातिशाख्य एक प्रकारको वैदिक व्याकरण हो । यी चारै वेदमा उपलव्ध छन् । यसद्वारा भिन्न भिन्न वेद तथा एकै वेदको अनेक प्रकारले स्वरको उच्चारण, पदहरूको क्रम तथा विच्छेद, आदिको निर्णय हुन्छ ।
६. अनुक्रमणी
वेदको रक्षा तथा वेदार्थको विवेचन यस ग्रन्थको विषय हो । विभिन्न वेदका अनुक्रमणीहरू यस प्रकार छन :
ऋग्वेद : (१) आर्षानुक्रमणी (२) छन्दोनुक्रमणी (३ं) देवतानुक्रमणी (४) अनुवाकानुक्रमणी (५) सर्वानुक्रमणी (६) वृहद्वैवत (७) ऋग्विज्ञान (८) सांख्यायान परिशिष्ट (९) आश्वलायन परिशिष्ट (१०) ऋकप्राती शाख्य ।
कृष्ण यजुर्वेदः (१) आत्रेयानुक्रमणी (२) चारायणीयानुक्रमणी (३) तैत्तिरीय प्रातिशाख्य ।
शुक्ल यजुर्वेदः (१) प्रतिशाख्य सूत्र (२) कात्यायनुक्रमणी ।
*मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ८० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।
यो पनि पढ्नुहोस्
मर्यादा पुरुषोत्तम भगवान् श्रीराम
माघे संक्रान्ति र यसको धार्मिक महत्व
होली पर्व र योसँग जोडिएको पौराणिक लोककथा
महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व
महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व