४ आश्विन २०८१, शुक्रबार

लापरबाहीले निम्त्याउन सक्छ विनास यसतर्फ होऔ सजग


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लापरबाहीले निम्त्याउन सक्छ विनास यसतर्फ होऔ सजग । कहाँ के भयो कहाँ के कति मरे भन्ने होइन अरू देशका कोकसलाई के भयो भनेर कुरा मात्र गरेर नबसौ किनभने अरु देशसगँ हाम्रो देश नेपाललाई तुलना गर्न मिल्दैन । विकसित देशले BCG भ्याक्सिन लगाएनन् तर हाम्रो देशले लगाएकाले कोहि मरेनन् यो नै महत्वपूर्ण कुरा हो । रोग लागेर मर्ने होइन समयमा उपचार नपाएर मर्ने हो ।

विकसित देशले लापरबाही गरे यो नै ठूलो कुरा भयो जहाँ लापरबाही हुन्छ त्यहाँ घट्ना नघट्ला भन्न सकिदैन । उपचार औषधिले गर्ने हो । साच्चै भन्ने हो भने हाम्रो देशको हावापानी र यहाँको वातावरण धेरै राम्रो छ ।

कुनैपनि रोगको सहि उपचार हुनुपर्छ । एलोपैथिकले यो रोगको उपचार खोज गर्न सकेको छैन । जबसम्म औषधि हुदैन तबसम्म केहि भन्न सकिदैन तर हाम्रो देशको सम्बन्धमा यो रोगको जडिबुटी छ । कुनैपनि एलोपैथिकसंग ढुक्क भएर चलाउदा राम्रो परिणाम देखिन सक्छ ।

हामीले बाहिर के गर्दैछन् भन्ने होइन हामीले यसका लागि के गर्दैछौं भन्नेतर्फ लाग्नुपर्छ । देशका नागरिकलाई कुनैपनि चिन्ता नलिनुहोस् भन्ने कुराको विश्वास सरकारले नागरिकलाई सुसूचित गरेको हुनुपर्छ । यहाँ उहाँ यति मरे उति मरे होइन यति बाँचे यतिको उपचार हुदैछ भन्ने जस्ता सन्देश नागरिकमा जान आवश्यक छ ।

हाम्रो भान्सामा औषधि छ भने विदेशीको भान्सामा औषधि छैन । उनीहरू आफै पकाएर खान सक्दैनन् भने हामी आफै पकाएर खाने गर्छौं । रूघाखोकीको औषधि हामी सधै खाने गर्छौं हाम्रो एण्टिवायोटिक लसुन र बेसार प्राय: हामीले दैनिक खाने गरेका छौं ।

हाम्रो सानो गल्ती भएको छ यदि हामीले अन्तर्राष्ट्रिय विमानस्थल समयमै सिल गरेर आउने जनतालाई चेक जाँच गरेको भए यति पनि फेला पर्ने थिएनन् । आज सिमाना खुला छ, पर्खाल छैन, रोग लागेको मानिसको समुदायसगं घुलमिल गर्दा केही रोगी देखिएका मात्र छन् ।

समयमा नेपालले लकडाउन गर्नाले रोग फैलिनबाट रोकिएको छ । जति सरसफाईमा ध्यान दिनेछौं त्यति नै यो रोगबाट हामी बच्नेछौं । हामीले सरकालाई सहयोग आफ्नो लागि सहयोग गर्नुपर्छ । हामी बाँचे सरकार बाँच्नेछ । लकडाउनको पालना गर्न सके रोग बढ्नबाट बचाउन सकिनेछ ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !