७ बैशाख २०८१, शुक्रबार

यस्तो हुनुपर्छ नेपालमा पत्रकारिताको भूमिका


पत्रकारिता
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो हुनुपर्छ नेपालमा पत्रकारिताको भूमिका ! पत्रकारिता गर्न जाँगर र साहसको खाँचो हुन सक्छ । आज कसैलाई बदनाम गराउदैमा पत्रकारिता नहुने हाम्रो ठहर छ भने ठूलालाई ढाकछोप गर्ने तर सानालाई बदनाम गराउने खालका पत्रकारहरु बढ्दै गएको देखिन्छ । पत्रकारले चाहेमा देशमा आमुल परिवर्तन गराउन सक्छ ।

म लामो समयदेखि यो क्षेत्रमा लागेको छु । मैले अधिकांश पत्रकारहरू पैसा कमाउने धुनमा लागेको देखेको छु । पत्रकारिता गर्दा कसैलाई बदनाम होइन समाजको हितमा र मानव हितमा हुने खालको जसले प्रत्यक्ष फाइदा पब्लिकलाई होस् । यसरी गरेको पत्रकारिताले समाज परिवर्तन गराउन ठूलो भूमिका देखिन्छ ।

समाज सुधारका अनेकौं भुमिकामा मुख्य भुमिका पत्रकारको हुन आवश्यक छ । घुस खोरी कालाबजारी जस्ता काम माथिदेखि नै सुरु हुने हुनाले यो रोक्न पत्रकारको ठूलो भूमिका देखिन सक्छ । जहाँ डर हुन्छ त्यहाँ इमानदारिता भरिएको हुन्छ ।

आज कतिपय पसलहरू विना दर्ता सन्चालनमा छन् । यस्ता पसलका कारण राजश्व चुहावट भएको देखिन्छ । पत्रकारले नाम होइन सुधारको दिशामा लाग्नुपर्छ । ठुलाले गलत गर्छ भने निडरतापूर्बक पहिले सुचना दिने र अटेर गरेमा यो सुचना अरूलाई सेयर गर्दै जाने गर्नुपर्छ ।

पत्रकार जहिले पनि लोभ र लालचमा जाने गर्छ भने उ स्वयं भ्रर्ष्ट हुदै जान थाल्छ । उसले अरूको बदनाम गराएर आफ्नो मात्र स्वार्थपूर्ति गर्ने खालको भूमिका निभाउने गरेको हुन्छ । समाजका लागि यस्ता पत्रकारले फाइदा होइन बेफाईदा मात्र गराउन उदद्त्त रहेका हुन्छन् ।

अबको समय भनेको नक्कलको होइन लेखनको र खोज खबरको हुनुपर्छ । राम्रो कलम चलाउन नसक्ने पत्रकार हुन सक्दैन । फोटो खिच्दैमा पत्रकारिता हुदैन यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

पत्रकारले आाफ्नो परिचय स्थानीय पसल र राजनीतिक नेतृत्वलाई दिनुपर्छ । यसरी परिचय दिएपछि । पत्रकारप्रतिको जनभावनामा कस्तो खालको प्रभाव पर्छ भन्ने कुरा कामले देखाउछ । काम गर्न र सहयोगी हात बढाउन हमेसा तत्पर रहेर समाज सेवानै आफ्नो दायित्व सम्झदै अघि बढ्न सके ठूलो उपलब्धी हुनेछ ।

यो पनि पढनुहोस्

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

भण्डारीलाई २०७६ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

सरकारले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोज्यो : कमल थापा

पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : दाहाल

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !