७ बैशाख २०८१, शुक्रबार

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु


देशको विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

देश विकास र सम्वृद्धिको लागि सरकारले निम्न बुँदाहरुमा ध्यान दिन सके पुग्छ । देशको बिकासमा राजनीति हातेमालो होइन निष्पक्ष भएर काम गर्न सक्नुपर्छ । उद्योग, व्यापार विना देश कदापि अघि बढ्न सक्दैन । देशको उन्नतिको चाहना गर्नेले पार्टीको बफादार होइन राष्ट्रको बफादार भएर काम गर्न सक्नुपर्छ । देशको उन्नति होस भन्नका लागि सरकारले निम्न बुँदाहरुमा सबैको ध्यान दिन आवश्यक छ ।

१. नेतृत्व गर्न स्वतन्त्र हुनुपर्ने ।
२. भ्रष्टाचार गर्ने जो कोही सर्वस्वसहित १० बर्ष झेलनेल हुनुपर्ने ।
३. नेतृत्वको सम्पत्ती विदेशी वैङ्कमा होइन आफ्नै राष्ट्र बैङ्कमा हुनुपर्ने ।
४. नेता बन्न राजनीतिशास्त्रमा स्नातक पढेको हुनुपर्ने ।
५. ९८% उद्योगमा सरकारको लगानी हुनुपर्ने ।
६. १००% कामदार नेपाली हुनुपर्ने ।
७. नेपालीले खोलेको कम्पनीमा राजनीतिक हस्तक्षेप गर्न नपाइने ।
८. देशको आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप गर्न नपाउने ।
९. देशमा धर्म निरपेक्षता होइन धर्म सापेक्षता हुनुपर्ने छ ।
१०. सीमामा पर्खाल लगाउनुपर्ने ।
११. सीमा जोडिएका देशहरूमा आवत-जावत गर्न भिषा सिस्टम लागु गर्नुपर्ने ।
१२. राजनीति गर्न ६० बर्ष ननाघेको हुनुपर्ने ।

देशमा विदेशीलाई उद्योग लगाउन दिनु भनेको डलर बाहिर जान दिनु हो । नेतृत्वले पैसा विदेशमा होइन स्वदेशमा नै राख्न र लगानी गर्न सकेमा मात्र परिवर्तन सम्भव छ ।

यो पनि पढनुहोस्

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य

कालोबजारी रोक्न सरकार अझै सक्रिय हुन आवश्यक

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !