१२ बैशाख २०८१, बुधबार

चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न


चाणक्य नीति

चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आज पनि सर्वत्र चर्चा हुने गर्दछ । जीवनमा सफलता वा असफलता, लाभ वा हानी, सुख वा दुःख आऊँछन् जान्छन्। चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन् । उनका यी नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न् सक्छ। चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा १ रुपैया पनि घाटा हुन्न ।
१. मित्र र शत्रुको पहिचान
मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ। हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन्। यिनीहरुबाट बच्नुपर्छ। शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।
२. समयको पहिचान
जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ। सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ। दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।

३. आय र व्ययको पहिचान
मानिसलाइ आफ्नो आय-व्यय अर्थात कमाई-खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाई अनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।
४. स्थानको पहिचान
मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराव मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ ।
५. गुरु वा स्वामीको चाहनाको पहिचान
मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ। यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नुपर्ला र यही सहि नीति हो ।

६. आफ्नै पहिचान
मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !