२० श्रावण २०८२, मंगलबार

ATM आतंक


ATM Machine

पहिले जब ATM को प्रचलन थिएन तव घन्टौ लाईनमा बसेर पनि चेकको माध्यामबाट पैसा निकालेको अझै ताजै छ। त्यसबेला चेकबाट एकैचोटी महिना दिनलाई पुग्ने पैसा निकालिन्थ्यो तर अहिले हातमा ATM कार्ड छ र चाहिएको बेला कुनै पनि समयमा प्रयोग गरेर ATM मेसिनबाट तत्कालै पैसा निकालिन्छ। त्यसैले ATM निकै सजिलो र समय सापेक्ष भएको छ। कहिले कहिँ यो मेसिनले पनि आतंक सिर्जान गर्दो रहेछ। त्यसको सिकारी म निकै पटक भईसकेको छु।

पांच बर्ष अगाडिको कुरो हो, मा पोखरा गएको थिए साथीलाई भेट्न। एकदिन साथि र म SBI को ATM बुथमा पुग्यौं। साथि भित्र पस्यो ATM चलाउन र म बाहिर उसलाई पर्खदै थिए। दश मिनेट बितिसक्दापनि उ बाहिरिएन र ATM बुथ अगाडी सेवा ग्राहिहरुको भिड जम्मा हुन थाल्यो। तव साथीले मलाई बोलायो र म भित्र गए। कुरो के रहेछ भने ATM ले Processing भन्दै रहेछ तर पैसा निस्केको रहेनछ। त्यसैबेला साथीको फोन आएछ तर फोनमा कुरा गर्दा बाहिर प्रतिक्षा गरेका सेवाग्राहिहरुले के भन्ला भनेर मलाई कुर्न बोलाएर उ बाहिरियो।

केहि क्षणमा Transition fail भयो र म बाहिरिए तर साथीको मोबईलामा पैसा काटेको SMS आयो त्यसबेला मलाई सारै अफ्ठेरो लग्यो र डर पनि। अफ्ठेरो किन लग्यो भने साथीले पर्खन राखेको बेला पैसा खल्तीमा हाल्यो भनेर सम्झ्यो कि भनेर। अनि डर किन लग्यो भने पैसा Refud भएन भने आफैले तिर्नुपर्ने हो कि भनेर। भाग्यले साथ् दियो र कम्प्लेन गरेको केहि दिनमा Refund भयो।

अर्को घटना चाहिं गत २ जेनवरी को हो। आमाको पेन्सन प्रत्येक महिना भारतको आन्द्रा बैंकमा जम्मा हुन्छ। म आन्द्रा बैंकको ATM नेपालको SBI बैंकमा प्रयोग गर्थे र प्रत्यक महिना आमालाई पेन्सन दिन्थे। त्यो दिन मैले कार्ड प्रयोग गरे, Transition फेल भनेको स्लिप आयो। अर्को पटक प्रयोग गर्दा पनि त्यस्तै भयो। त्यसको २-३ दिन पछी मलाई थाहा भयो कि आन्द्रा बैंकबाट पैसा काटिएको रहेछ। SBI मा उजुरी गर्दा Transition फेल भएको स्लिप माग्यो। त्यो मसंग थिएन कर्मचारीहरु स्लिप भएको भए सजिलो हुन्थ्यो भन्दै थिए। पछी १९ जेनवरीमा मात्रै त्यो पैसा Refund भयो। त्यतिका दिन म निकै तनावमा थिए। एक त सबैले आमाको पेन्सन उडायो भन्ने पिर र अर्को घर खर्च चलाउन निकै मुस्किल भयो।

कहिले कहिँ १०-१५ दिनका लागि पैसा गाएब गर्ने ATM मेसिन देखेर म बेला बेलामा आतंकित हुन्छु।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !